विकासको बाधक अदालत: प्रधानमन्त्री ओली
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको स्थगन आदेश विकास निर्माणको बाधक तत्वको रुपमा उग्र हुदै गएको बताएका छन् ।
आइतबार सिंहदरबारमा राष्ट्रिय योजना आयोगको पूर्ण बैठकको अध्यक्षता गर्दै प्रधानमन्त्री ओलीले विकास निर्माणसंगसम्बन्धी मुद्दामा अदालतले स्थगन आदेश दिदाँ जनशक्तिको काम तथा लगानी खेर गइरहेको गुनासो गरे । मुलुक नयाँ प्रणालीमा गएकाले पनि विकास निर्माणको कामले अपेक्षा गरे अनुसार गति लिन नसकेको प्रधानमन्त्री ओलीको गुनासो छ ।
प्रधानमन्त्री ओलीले विकास, निर्माणको कामलाई गति दिन पूराना संरचनाहरुमा सुधार गर्न जरुरी रहेको दोहोर्याए ।