खेल

आइपीएलः काम लागेन हार्दिकको ९१ रन, कोलकाता ३४ रनले विजयी

आइपीएलः काम लागेन हार्दिकको ९१ रन, कोलकाता ३४ रनले विजयी

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आइतबार राति भएको खेलमा मुम्बईलाई ३४ रनले पराजित गर्दै कोलकाता नाइट राइडर्स विजयी भएको छ । कोलकाताले घरेलु मैदानमा दिएको २३३ रनको विशाल लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९८ रन मात्र बनाउन सक्याे ।

 

मुम्बईका लागि हार्दिक पाण्ड्याले बिस्फोटक ब्याटिङ गरे पनि टिमलाई जीत दिलाउन सकेनन् । उनले ९ छक्का र ६ चौकाको मद्दतमा ३४ बलमा ९१ रन प्रहार गरे । यस्तै, मुम्बईका लागि सूर्यकुमार यादवले २६, कुणाल पाण्ड्याले २४, किरण पोलार्डले २०, इभन लुइसले १५ र कप्तान रोहित १२ शर्माले रन बनाए । बलिङमा कोलकाताका सुनिल नारायण, आन्द्रे रसेल, हेरी गुर्नीले दुई-दुई र पियूष चवालाले एक विकेट लिए ।

 

यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २३२ रन बनायो । उसका लागि शुभवन गिलले ६५ बलमा ७६, क्रिस लिनले २९ बलमा ५४ रन बनाए । यस्तै आन्द्रे रसेलले नटआउट ८० रन प्रहार गरे । उनले त्यसक्रममा ८ छक्का र ६ चौका लगाए । कोलकाताका लागि कप्तान दिनेश कार्तिकले नटआउट १५ रनको योगदान दिए । बलिङमा मुम्बईका दीपक चहर र हार्दिक पाण्ड्याले एक-एक विकेट लिए ।  यो जीतसँगै कोलकाता १० अंकका साथ तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । मुम्बई १३ अंकका साथ तेस्रो स्थानमा यथावत छ । 

इन्डियन प्रिमियर लिग मुम्बई भर्सेस कोलकाता

विशेष