खेल

आइपीएलः शिखर बने सर्बाधिक अर्धशतक प्रहार गर्ने भारतीय खेलाडी

आइपीएलः शिखर बने सर्बाधिक अर्धशतक प्रहार गर्ने भारतीय खेलाडी

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत दिल्ली क्यापिटल्समा आवद्ध शिखर धवनले यो संस्करणमा पनि शानदार प्रदर्शन गरिरहेका छन् । उनी जारी आइपीएलमा सर्बाधिक रन बनाउने खेलाडीको तेस्रो नम्बरमा छन् । शिखरले १२ खेलमा ४१५ रन बनाएका छन् । 

 

उनले आइपीएलमा ३७औं अर्धशतक पूरा पनि गरेका छन् । यो अर्धशतकसँगै शिखरले विराट कोहलीलाई पछि पार्दै आइपीएलमा सबैभन्दा बढी अर्धशतक बनाउने पहिलो भारत खेलाडीको कीर्तिमान बनाएका छन् ।  उनीभन्दा अघि अब डेबिड वार्नर मात्र छन् । वार्नरले आइपीएलमा हालसम्म ४३ अर्धशतक प्रहार गरेका छन् ।

 

गौतम गम्भीर, विराट कोहली, सुरेश रैनाले आइपीएलमा समान ३६ अर्धशतक बनाएका छन् । यस्तै, मुम्बई इन्डियन्सका कप्तान रोहित शर्माले ३५ अर्धशतक आफ्नो नाममा दर्ता गरेका छन् । शिखरले हालसम्म आइपीएलमा खेलेका १५५ म्याचमा ३३.९० को औसतमा १२४.७६ को स्ट्राइक रेटमा ४५०९ रन प्रहार गरेका छन् । 

इन्डियन प्रिमियर लिग दिल्ली क्यापिटल्स शिखर धवन

विशेष