मुख्य समाचार

चिनियाँ बन्दरगाह उपयोग गर्ने ऐतिहासिक अधिकार नेपालले पाउँदै 

चिनियाँ बन्दरगाह उपयोग गर्ने ऐतिहासिक अधिकार नेपालले पाउँदै 

काठमाडौं । छिमेकी मुलुक चीनसँग पारवहन तथा यातायात सम्झौताको प्रोटोकलमा सोमबार हस्ताक्ष हुने भएको छ । बेल्ट एण्ड रोड इनिसियटिभको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन चीन गएकी राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा यस्तो सम्झौतामा हस्ताक्षर हुनेछ ।

 

दुई राष्ट्रप्रमुखको उपस्थितिमा हुने प्रोटोकल हस्ताक्षरपछि नेपालले चीनको सामुद्रिक बन्दरगाह उपयोग गर्न पाउने छ । 

 

यो हस्ताक्षरपछि नेपाल भारतवेष्ठिताबाट मुक्त हुनेछ । नेपालले चिनियाँ बन्दरगाह प्रयोग गरेर तेस्रो मुलुकसँग व्यापार गर्न पाउनेछ । नेपालले जारी गरेको संविधानप्रति असन्तुष्टि जनाएर भारतले नाकाबन्दी गरेपछि व्यापारका लागि नेपालले चीनसँग यस्तो पारवहन तथा यातायात सम्झौता गरेको थियो । चार वर्षअघि नै सम्झौता भए पनि प्रोटोकलमा हस्ताक्षर हुन सकेको थिएन । 
 

विशेष