खेल

आइपीएलमा आज हैदरावाद र पन्जाव खेल्दै

आइपीएलमा आज हैदरावाद र पन्जाव खेल्दै

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) को ४८औं खेलमा आज किंग्स इलाभेन पन्जाव र सनराइजर्स हैदारावाद भिड्दै छन् । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार साँझ ८ः१५ बजेदेखि हैदरावादमा शुरु हुँदैछ ।  लिग तालिकामा समान १० अंकका साथ चौथो (हैदरावाद) र छैठौं स्थानमा रहेका यी दुई टिमबीचको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ ।

 

प्लअ‍ेफमा स्थान बनाउन आजको खेल दुवै टिमका लागि निकै महत्वपूर्ण छ । पन्जावमा क्रिस गेल, केएल राहूल, डेबिड मिलर, रविचन्द्रन आश्विन (कप्तान), मोहम्मद सामी, मंकय अग्रवाललगायत नाम चलेका खेलाडी छन् । यस्तै, हैदरावादमा केन विलियम्सन (कप्तान), डेबिड वार्नर, राशिद खान, भुवनेश्वर कुमार, मनिष पाण्डे, शाकिव अल हसन जस्ता स्टार खेलाडी छन् । 

इन्डियन प्रिमियर लिग हैदरावाद भर्सेस पन्जाव

विशेष