मनोरञ्जन कला साहित्य सामाजिक सञ्जाल

बलिउडमा जमेको जोडी 

बलिउडमा जमेको जोडी 

-राजु सुवेदी ‘कल्पित’
तीन सी अर्थात क्रिकेट, क्राईम र सिनेमाले भारतमा धेरै चर्चा पाउने गर्छ ।  सिने स्टारको इज्जत भारतीय समाजमा देउतासरह हुने गरेको छ । त्यसैले हरेक पुस्तामा कलाकार बन्ने मोह बढ्दो छ । पाँचपुस्तादेखि कलाक्षेत्रमा समाहित परिवार पनि बलिउडमा भेटिन्छ । उनीहरुले खेलेका सिनेमा माइलस्टोन बनेर दशकौं जनजनका दिल दिमागमा छन् । एकल हिरो त हिरो भइ नै गए, मल्टिस्टारका रुपमा जमेका कलाकारको पनि बलिउडमा व्यापक चर्चा छ । यी जोडीलाई दर्शकले दशकौंसम्म रुचाएको पाइन्छ । हामी यहाँ पाँच टप मल्टिस्टारका विषयमा सामग्री प्रस्तुत गर्दैछौं, जसले पर्दामा कमाल गरेका थिए । 

 

अमिताभ– धर्मेन्द्र
फिल्म शोलेको जय र वीरुको जोडीलाई शायदै कसैले विर्सेला । समकालीन मानिने यो जोडी आफैंमा आदर्श मानिन्छ । अर्को संयोग के छ भने यी दुवै हस्तीका सम्पूर्ण परिवार नै बलिउडमा समर्पित छन् । उनीहरुका सन्तान मात्र हैन, पत्नी जया भादुरी र हेमा मालिनी त्यो समयका चर्चित नायिका हुन् । दुवै नायकका पत्नी हाल भारतीय संसदमा विधायक छन् । अमिताभ–धर्मेन्द्र जोडीले एकसाथ आधा दर्जन फिल्ममा काम गरेको छ । ती फिल्मको नाम जबान, शोले, चुपके चुपके, शूरमा भोपाली, राम बलराम र चरणदास हो । 

 

सलमान–साहरुख खान
सलमान– साहरुख बलिउडका ए दर्जाका कलाकार हुन् ।  स्टारका दृष्टिले यिनीहरुको क्रेज उच्च छ । जुन फिल्म खेल्छन, त्यसले सफलताको सगरमाथा चुम्छ । यी दुई हिरोको जोडी अत्यन्तै फापेको छ । हालै निर्मित जीरो र ट्युबलाईट नामका दुईवटा फिल्ममा यी दुई हस्ती एकसाथ देखिएका छन् । यसअघि दुश्मन दुनियाँका, करण अर्जुन, कुछ कुछ होता है, हम तुम्हारे है सनमजस्ता फिल्ममा एकसाथ काम गरेका थिए । यी सवै सफल फिल्मको सूचीमा पर्छन् । 

 

गोविन्दा– सञ्जय दत्त
यी दुईले दर्शक मनोरञ्जन दिन सफल जोडी हुन् । कमेडी फिल्ममा यो जोडी अझ जमेको दर्शकको विश्लेषण छ । यद्यपि एक्शन फिल्म पनि त्यतिक्कै चर्चित छन् । दो कैदी, जीते है शान से , आन्दोलन, जोड़ी नम्बर वान, एक और एक ग्यारह, हसीना मान जाएगी, ताकतवरजस्ता सात फिल्ममा उनीहरुले एकसाथ काम गरेका छन् ।  

 

अनिल– जेकी 
अनिल कपूर र जेकी लखन फिल्मबाट जोडीमा स्थापित भए । दाजुभाइको विशुद्ध प्रेमको उदाहरण दर्शकले यो फिल्मबाट पाएका छन् । यिनीहरुले करियर शुरुवातको घडीमा थुप्रै फिल्ममा काम गरे । काला बाजार, कर्मा, राम लखन, कभी ना कभी, परिंदा, त्रिमूर्ति, युद्ध, अंदर बाहर, रूप की रानी, चोरों का राजामा जोडी खुब जमेको छ । 

 

अक्षय कुमार– सुनील शेट्टी
अक्षय कुमार– सुनील शेट्टी बलिउड दर्शकले अत्यन्तै रुचाएको अर्को जोडी हो । हेराफेरी यी दुई हस्तीको चर्चित फिल्म हो । एकताका यो जोडीलाई लिएर सिनेमा बनाउन निर्माताहरुको होड चल्थ्यो । त्यसैको परिणाम यिनीहरुले १३ वटा फिल्ममा संगै काम गरे । मोहरा, सपूत, वक्त हमारा है, हेराफेरी, फिर हेरा फेरी, आन मैन इट वर्क, धड़कन, हम है बेमिशाल, दे दना दन, थेंक यू, जानी दुश्मन, आवारा पागल दीवाना, दीवाने हुए पागल जस्ता चर्चित फिल्ममा यो जोडीको अभिनय देख्न पाइन्छ । 
   
 

बलिउड

विशेष