Technology ओटोमोबाइल

राजधानिमा १० अत्याधुनिक एम्बुलेन्स संचालन गरिने, खर्च महानगरपालिकाले व्यहोर्ने

राजधानिमा १० अत्याधुनिक एम्बुलेन्स संचालन गरिने, खर्च महानगरपालिकाले व्यहोर्ने

काठमाडौं । राजधानिमा १० अत्याधुनिक एम्बुलेन्स संचालनमा ल्याईने भएको छ । हाल उपत्यकामा संचालित एम्बुलेन्स कम गुणस्तरका र विरामी बोक्न उपयुक्त नभएका कारण सबै खाले सेवा सुविधा सहितको आधुनिक एम्बुलेन्स संचालन गर्न लागिएको हो । 


काठमाडौं महानगरपालिका र नेपाल एम्वुलेन्स सेवाको संयुक्त व्यवस्थापनमा १० आधुनिक एम्बुलेन्स संचालन गर्ने सम्झौता भएको छ ।

आइतबार एक कार्यक्रमबीच महानगरका मेयर विद्यासुन्दर शाक्य र नेपाल एम्वुलेन्स सेवाका अध्यक्ष रञ्जित आचार्यले सम्झौंतापत्रमा हस्ताक्षर गरेका छन् । एम्बुलेन्स संचालन खर्चका लागि महानगरपालिकाले मासिक १२ लाख रुपैयाँ उपलब्ध गराउने जनाएको छ।

 

नेपाल एम्बुलेन्सले उद्योगी, व्यवसायी, गैरसरकारी संस्थाको सहयोगमा एम्बुलेन्स संचालन गर्दै आएको थियो। तर संचालन खर्च महँगो भएकाले पैसा जुटाउनै समस्या भइरहेका बेला महानगरले संचालन खर्च दिन सहमत भएको हो।

मेयर शाक्यले यो सम्झौंता महानगरवासीका लागि ऐतिहासिक दिन भएको बताउँदै यो सेवा सफल भएमा आगामी बर्षको बजेटमा थप दुई अत्याधुनिक एम्बुलेन्स किन्ने बताए। 
सम्झौता अनुसार ७० बर्ष पुरा भएका जेष्ठ नागरिक र अपाङगता भएका व्यक्तिलाई यो एम्बुलेन्स सेवा निशुल्क प्रदान गरिने छ । साथै वडा कार्यालयको सिफारिसमा विपन्न गरिब र बेसहारालाई समेत यो सेवा निशुल्क प्रदान गरिने महानगरपालिकाले जनाएको छ ।  
          


आधुनिक १० एम्बुलेन्समा स्ट्रेचर, अक्सिजन सिलिण्डर लगायतका उपकरण र दक्ष जनशक्ति समेत हुन्छन्। एम्वुलेन्सभित्रै कल सेन्टर उपलब्ध गराइएको छ । जसमा १०२ नंबरमा कल गरेर बोलाउन सकिन्छ। 

नेपाल एम्बुलेन्सले अहिलेसम्म ३६ हजार ५ सय ८१ जनालाई सेवा दिईसकेको छ भने करिव ५ हजार ६ सय २२ जनालाई निशुल्क सेवा दिईसकेको छ।


 

काठमाडौँ महानगरपालिका

विशेष