खेल

आइपीएलः हैदरावादसँग पन्जाव पराजित, प्लअ‍ेफमा पुग्ने सम्भावना जीवितै

आइपीएलः हैदरावादसँग पन्जाव पराजित, प्लअ‍ेफमा पुग्ने सम्भावना जीवितै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत सोमबार राति भएको खेलमा किंग्स इलाभेन पन्जावलाई ४५ रनले पराजित गर्दै सनराइजर्स हैदरावाद विजयी भएको छ । घरेलु टिम हैदरावादले दिएको २१३ रनको लक्ष्य पूरा गर्न मैदान छिरेको पन्जावले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६७ रन मात्र बनाउन सक्यो ।

 

उसका लागि केएल राहुलले सर्बाधिक ४ चौका र ५ छक्काको मद्दतमा ७९ रन बनाए । यस्तै, मयंक अग्रवालले २७, निकोलस पुरनले २१, सिमरन सिंहले १६, डेबिड मिलरले ११ र क्रिस गेलले ४ रन प्रहार गरे । बलिङमा हैदरावादका खलिल अहमद, राशिद खानले तीनतीन र सन्दीप शर्माले २ विकेट लिए । यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको हैदरावादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१२ रन बनायो ।

 

उसका लागि डेबिड वार्नरले ७ चौका र २ छक्काको मद्दतमा ८१ रन बनाए । यो आइपीएलमा वार्नरले ८ अर्धशतक र एक शतक प्रहार गरेका छन् । यस्तै, मनिष पाण्डेले ३६, ऋद्धिमान शाहले २८, मोहम्मद नाबीले २० र कप्तान केन विलियम्सनले १४ रन प्रहार गरे ।

 

बलिङमा पन्जाबका कप्तान रविचन्द्रन आश्विन, मोहम्मद नाबीले २–२, अश्रदीप सिंह र मुर्गन आश्विनले १–१ विकेट लिए ।  यो जीतसँगै हैदरावादले प्लेअफमा पुग्ने सम्भावना जीवितै राखेको छ । उसले १२ खेलमा ६ मा हार र ६ म्याचमा जीत निकाल्दै १२ अंक बटुलेको छ । यता पन्जावले भने १२ म्याचमा ७ मा हार र ५ खेलमा मात्र जीत निकाल्दै १० अंक मात्र जोडेको छ । अंक तालिकामा हैदरावाद चौथो र पन्जाव छैठौं स्थानमा छ । 

इन्डियन प्रिमियर लिग आइपीएल पन्जाव भर्सेस हैदरावाद

विशेष