हाम्रै जीवनकालमा पृथ्वीमा ठोक्किदैछ छुद्रग्रहः डायनोसर झै मानवजाती लोप हुन सक्ने !
काठमाडौं । अन्तरिक्ष सम्बन्धी अन्ध्ययन गर्ने अमेरिकी संस्था नासाका प्रमुख जिम ब्रिडेन्स्टाइनले वर्तमान पुस्ताकै जीवनकालमा अन्तरिक्षमा घुमिरहेको धुम्रकेतु (छुद्रग्रह) पृथ्वीमा ठोक्किने चेतावनी दिएका छन् ।
वासिंग्टनमा भएको पृथ्वीको सुरक्षासम्बन्धी सम्मेलनमा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन् । उनले छुद्रग्रहहरु पृथ्वीतर्फ अगाडि बढिरहेको दावी गरेका छन् । सम्मेलनमा जिमले भने, ‘मानिसहरुले हुनेवाला यो घटना कुनै हलिउड फिल्म होइन भन्ने अहिले नै बुझ्नु पर्छ । फिल्महरुमा छुद्रग्रह ठोकिन लाग्दा मानिसले अन्तरिक्षमै ध्वस्त पारिदिएको दृश्य झै यो नहुन सक्छ ।’
उनले सन् २०१३ मा रुसको चेलेविन्स्कको घटना स्मरण गर्न सबैलाई आग्रह गरे । सन् २०१३ मा चेलेविन्स्कमा एक धुम्रकेतुको टुक्रा झरेको थियो । जुन भिडियोमा समेत कैद भयो । टुन्गुस्कामा पनि धुम्रकेतुको टुक्रा सन १९०८ मा खसेको थियो । त्यो बेला भएको विष्फोटमा १६ सय मानिस घाइते भएका थिए । जुन हिरोसिमामा खसालिएको एटोमिक बम भन्दा २० गुणा बढी शक्तिशाली रहेको अनुमान छ ।
हरेक ६० वर्षमा यस्ता छुद्रग्रहको आक्रमण पृथ्वीमा हुँदै आएको छ । जिमले भनेका छन् कि पछिल्लो सय वर्षमा तीन पटक पृथ्वीमा हमला भएको छ ।
रुसको चेलेविन्स्कमामा भएजस्तै घटना वर्तमान पुस्ताकै जीवनकालमा हुन सक्ने जिमले चेतावनी दिएका छन् । ग्रहको सुरक्षा गर्नु भनेको मानिसलाई चन्द्रमामा पुर्याउनु जत्तिकै जटिल हुने उनको ठह छ । नासाले ९० प्रतिशत ४५६ फिट भन्दा ठूला छुद्रग्रहहरु डिटेक्ट गर्दै आएको उल्लेख गरेको छ ।
नासाले सन २०२१ सम्ममा यस्ता छुद्रग्रहहरुको दिशा परिवर्तन गराउने मिसन लञ्च गर्ने तयारी गरेको छ । जसलाई डार्ट मिसन भनिएको छ । यो यानले पृथ्वीको अर्बिटमा परिक्रमा लगाउनेछ । यसको काम अन्तरिक्षबाट आएका छुद्रग्रहहरुको दिशा परिवर्तन गराउने हुनेछ ।
पृथ्वीमा डायनोसरको साम्राज्य छुद्रग्रहकै कारण अन्त्य भएको थियो । करोडौं वर्षअघि मेक्सिकोमा एउटा १० किलोमिटरको छुद्रग्रह ठोक्किएको थियो । जसको कारण उत्पन्न भूकम्प, सुनामी र धुलौटे बाटलले पृथ्वीलाई कैयनवर्षसम्म ढाकीरह्यो । जसका कारण पृथ्वीमा रहेका विशाल आकारका जीवहरु लोप हुन पुगे । त्यसपछि जीवहरुको विकास नयाँ चरणबाट भयो ।