जापानका सम्राट आकिहितोले आज गद्दीत्याग गर्ने, युवराज नारुहितो नयाँ सम्राट बन्दै
काठमाडौं । जापानका सम्राट आकिहितोले मंगलबार राजगद्दी त्याग गर्दैछन् । उनको यो स्वेच्छिक राजगद्दी त्यागसँगै जापानले आफ्ना नयाँ सम्राट पाउनेछ । मे १ देखि जापानी जनताले सम्राट आकिहितोका छोरा नारुहितो जापानी सम्राट बन्दैछन् । यो घटनापछि जापान नयाँ युगमा प्रवेश गर्ने जापानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।
नारुहिताको राज्यरोहणसँगै जापानमा ‘रेइवा’ सम्वतको शुरुवात हुने भएकोले मुलुक नयाँ युगमा प्रवेश गर्ने भनिएको हो ।
जापानको राजसंस्थाको इतिहासमा सम्राटले जीवनकालमै राजगद्दी उत्तराधिकारीलाई हस्तान्तरण गरेको यो पहिलोपटक हो । यसकारण पनि यो घटनालाई जापानीहरुले बडो रुचीका साथ लिएका छन् ।
राजगद्द हस्तान्तरण समारोहमा विश्वका १ सय ९७ राष्ट्रलाई निम्तो गरिएको छ । एप्रिल ३० अर्थात मंगलबार र मे १ मा जापानमा छुट्टाछुट्टै समारोहको आयोजना गरिदैछ ।
विश्वका सरकारप्रमुख र राष्ट्रप्रमुखहरुलाई जापानले स्वागत गर्दैछ । नेपालबाट भने राष्ट्रपति वा प्रधानमन्त्री वा मन्त्रीहरु समेत जाने खबर छैन ।
जापानमा राजसंस्थाप्रति उच्च सम्मान छ । नयाँ वर्ष र सम्राटको जन्म दिनलाई जापानमा ठूलो उत्सवका रुपमा मनाइन्छ ।