खेल

आइपीएलमा आज विराटको बैंग्लोर र राजस्थान भिड्दै

आइपीएलमा आज विराटको बैंग्लोर र राजस्थान भिड्दै

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आज राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंग्लोर भिड्दै छन् । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार राति ८ः१५ बजेदेखि बैंग्लोरमा शुरु हुँदैछ । यो खेल राजस्थानका लागि निकै महत्वपूर्ण छ । यदि उसले आजको खेल जित्न सके प्लेअफमा पुग्ने सम्भावना कायमै राख्ने छ । यद्यपि बैंग्लोर विरुद्धको खेलमा राजस्थान पराजित भए प्लेअफ पुग्ने सम्भावना समाप्त हुनेछ । 

 

विराट कोहली नेतृत्वको बैंग्लोर भने प्लेअफ पुग्नबाट रोकिएको छ । आइतबार सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्ससँग १६ रनले पराजित भएसँगै बैंग्लोरको अगाडिको यात्रा रोकिएको हो । राजस्थान १० अंकका साथ तालिकाको सातौं र बैंग्लोर ८ अंक बटुल्दै पुछारमा छ । 

इन्डियन प्रिमियर लिग राजस्थान रोयल्स भर्सेस बैंग्लोर

विशेष