कभर स्टोरी

चिनियाँ राष्ट्रपतिलाई चढाउने गाडी, हेलिकोप्टर नेपालमा छैन (भिडियोसहित)

चिनियाँ राष्ट्रपतिलाई चढाउने गाडी, हेलिकोप्टर नेपालमा छैन (भिडियोसहित)

काठमाडौं । रणनीतिक मामिलाका जानकार अरुणकुमार सुवेदीले नेपाल भ्रमणमा चिनियाँ राष्ट्रपति सि चिनफिङ आउने सम्भावना कम रहेको दावी गरेका छन् । नेपालआजको नियमति स्तम्भ ‘कुरा खस्रा मीठा’मा धु्रव रिजालसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । 

 

नेपालले चिनियाँ राष्ट्रपतिको बाटो हेरेको धेरै भयो । तर चिनियाँ राष्ट्रपतिले नेपालको भ्रमण गरेका छ्रैनन् । नेपालले चिनियाँ राष्ट्रपतिको भ्रमणका लागि आवश्यक पर्ने ‘डेकोरम’ पूरा गर्न नसक्ने हुँदा भ्रमण तत्काल सम्भव नरहेको सुवेदी बताउँछन् । उनले भने, ‘हामीसँग एउटा ढंगको गाडी छैन । राष्ट्रपति चढ्ने हेलिकोप्टर छैन । खरिद गर्न खोज्दा सडकबाटै विरोध हुन्छ । ’
 

 

राष्ट्रपति विद्यादेवी भण्डारीले चढ्ने एउटा लेमोजिन कार छ । भारतका राष्ट्रपति प्रणव मुखर्जी आउँदा त्यही कार लिएर स्वागत गर्न नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी पुगिन् । एउटै कारमा उनीहरु फर्के । सुवेदी तर्क गर्छन्, ‘मुखर्जी र विद्या भण्डारी दुवै सिंगल हुनुहुन्थ्यो । यदि मुखर्जीको ठाउँमा सि चिनफिङ हुने हो भने उहाँसँग फर्स्ट लेडी पनि साथमा हुनुहुन्थ्यो । त्यो बेला के तीन जना एडजस्ट गरेर बसौं न भन्ने ? राष्ट्रपतिलाई चढाउने खै कार ?’

 

नेपाल भ्रमणमा आएका भारतका राष्ट्रपति प्रणव मुखर्जी पोखरा जाने बेलामा नेपालसँग मापदण्ड पूरा हुने हेलिकोप्टर थिएन । जसका कारण बुद्ध एअर चार्टड गरेर मुखर्जी पोखरा गए । चिनियाँ राष्ट्रपति लुम्बिनी जान खोजे भने के मा राखेर लैजाने ? उनी त बुद्ध एअरमा जाँदैनन् होला –सुवेदीको प्रश्न छ । 

 

">

 

 नेपाल र चीन सम्बन्ध पछिल्लो समय सुमधुर हुन नसकिरहेको बेला राष्ट्रपति विद्यादेवी भण्डारीले बिआरइ सम्मेलनमा भाग लिइन् । अमेरिकाको एसिया प्यासिफिक कमाण्डमा नेपालले काम गर्ने सहमति गरेर आएपछि चीन रिसाएको सुवेदी बताउँछन् । चीन घेर्ने अमेरिकी रणनीतिमा नेपाल फसेको सुवेदीको दावी छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको त्यो कदमलाई नकाम ठान्छन् सुवेदी । 

 

चीनको बेल्ट एण्ड रोड इनिसियटिभमा नेपाललाई पनि समेट्ने विषय आउनु सकारात्मक रहेको सुवेदी बताउँछन् । पहिले नेपाल समेटिएको थिएन । यसपटक नेपाल–चीन रेलवे पनि यसै महायोजनाअन्तर्गत पर्ने भएपछि त्यसले सकारात्मक नतिजा दिनेमा सुवेदी आशावादी छन् । 

विशेष