‘रातो मच्छेन्द्रनाथ'को रथयात्रा तयारी (फोटोफिचर)
ललितपुर। ललितपुरको पुल्चोकस्थित ‘रातो मच्छेन्द्रनाथ'को रथयात्राका लागि रथ बनाउने काम धमाधम भइरहेको छ । रथयात्रा वैशाख महिनाको शुक्लपक्ष प्रतिपदा देखि सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ ।
यो रथमा ३२ हात अग्लो काठको स्तम्भ बनाउने चलन छ । बौद्धमार्गीहरु मत्स्येन्द्रनाथलाई अवलोकितेश्वरका नामले पूजाआजा गर्दछन । रातो मच्छेन्द्रनाथको मूर्ति रातो काठबाट बनेको हुन्छ र मन्दिरका माथिल्लो दुई छाना धातुका तथा तल्लो छाना भने झिंगटीले छाइएको हुन्छ ।