स्वास्थ्य

सुकेनासबाट कसरी बच्ने ?

सुकेनासबाट कसरी बच्ने ?

यो सामग्री पब्लिक न्युज एजेन्सी (www.publicnewsagency.com)बाट साभार गरिएको हो। तपाईंहरूले पनि आफूलाई आवश्यक पर्ने सामग्रीहरू पब्लिक न्युज एजेन्सीमा निःशुल्क खाता खोलेर साभार गर्न सक्नुहुने छ। साथै पब्लिक न्युज एजेन्सीका लागि समाचार सामग्री र विभिन्न संघसंस्थाका प्रेस विज्ञप्ति पनि सम्प्रेषण गर्न सक्नुहुने छ।


हाम्रो शरीरको वृद्धि विकासको लागि पौष्टिक तत्त्व वा पोषण तत्त्वहरू चाहिन्छ । कार्बोहाइड्रेट्स, प्रोटिन, चिल्लो, खनिज पदार्थ र भिटामिनलाई पौष्टिक तत्त्व भनिन्छ । ती पोषण तत्त्वहरू हामी दैनिक खानाबाट प्राप्त गर्दछौँ । ती सबै खालको पौष्टिक तत्त्व एकै प्रकारको खानामा हुँदैन । त्यसैले हामीले सबै खालको पौष्टिक तत्त्वहरू प्राप्त गर्न धेरै खालका खाना मिलाएर खानु पर्दछ ।

यसरी शरीरलाई चाहिने सबै पौष्टिक तत्त्वहरू प्राप्त गर्न विभिन्न खालका खानेकुरा उचित मात्रामा मिलाएको खानालाई सन्तुलित भोजन वा सन्तुलित आहार भनिन्छ । सन्तुलित खानाले शरीरको उचित मानसिक तथा शारीरिक वृद्धि विकास गर्दछ । तर, हाम्रो देशका कतिपय जिल्लामा थुप्रै बालबालिका पुग्दो र उचित खाना खान नपाई बिरामी पर्छन् । कतिको त मृत्युसमेत हुने गर्दछ । जसलाई कुपोषण भनिन्छ ।

कुपोषणबाट बच्न के गर्नुपर्छ ?

कुपोषणबाट बच्न शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्वयुक्त खानेकुरा खानुपर्दछ । खानेकुरा कुनै शरीरलाई शक्ति प्रदान गर्ने हुन्छन् त कुनै शरीरको वृद्धि र विकास गराउने हुन्छन् । त्यसैले हामीले सबै खालका पौष्टिक तत्त्वहरू प्राप्त गर्न धेरै खालका खाना मिलाएर खान जरुरी छ । कुन खानेकुराबाट के प्राप्त हुन्छ ? आउनुस् जानकारी राखौँ :

१. शक्ति प्रदान गर्ने खानेकुरा

हाम्रो शरीरले कार्य गर्नका लागि शक्तिको आवश्यकता पर्दछ । कार्बोहाइड्रेट्स र चिल्लो पदार्थले शरीरलाई शक्ति प्रदान गर्दछ । चामल, मकै, जौँ, आलु, सख्खर, चिनी, उखु आदि कार्बोहाइड्रेट्सका मुख्य स्रोतहरू हुन् । त्यस्तै : घ्यू , तेल, बोसो, बदाम, अण्डाको पहेँलो भाग, मासु आदि चिल्लो पदार्थका मुख्य स्रोत हुन् । कार्बोहाइड्रेट्सको कमीले सुकेनास रोग लाग्दछ भने बढी भयो भने मोटोपना बढ्ने र मुटु तथा रक्तनलीका रोगहरू लाग्ने गर्दछ ।

२. शरीरको वृद्धि र विकास गर्ने खानेकुरा

शरीरका तन्तुहरू जस्तै : हाड, मांसपेशी, स्नायु, रगत, छाला आदिको वृद्धि तथा यिनीहरूको कार्य विकासको लागि प्रोटिनको आवश्यक पर्दछ । दाल, गेडागुडी, कोदो, अण्डा, माछा, मासु, दूध तथा यसबाट बनेको पदार्थहरूमा प्रोटिन बढी पाइन्छ । बच्चाहरूमा प्रोटिनको कमी भयो भने शरीर सुन्निने रोग क्वासिओरकर (Kwashiorkar) रोग लाग्दछ ।

३. भिटामिन तथा खनिज पदार्थ

विभिन्न प्रकारका भिटामिन तथा खनिज पदार्थले शरीरका तन्तुहरूको उचित विकास र कार्य सम्पादनमा सहयोग गर्दछ । यी पदार्थहरू थोरै मात्र भए पनि अत्यन्तै जरुरी हुन्छ । भिटामिन तथा खनिज पदार्थ हाम्रो शरीरलाई विभिन्न रोगहरूबाट बचाउन तथा सुरक्षित राख्न पनि अति आवश्यक हुन्छ । हरियो सागपात, मौसमअनुसारको फलफूल, दूध तथा दुग्धजन्य पदार्थ, माछा, मासु, अन्न, गेडागुडी र गेडागुडीको टुसा आदिमा भिटामिन तथा खनिज पदार्थ बढी पाइन्छ ।

भिटामिन धेरै प्रकारका हुन्छन्, जस्तैः भिटामिन ए, बी, सी, डी, ई, के आदि । त्यस्तै खनिज पदार्थ पनि धेरै थरिका हुन्छन्, जस्तैः आइरन, क्याल्सियम, आयोडिन, जिंक, सोडियम, पोटासियम आदि । यी विभिन्न प्रकारका भिटामिन र मिनरलका आ–आफ्नै काम हुन्छन् ।

४. पानी

पानी विनाको जिन्दगानी कल्पना पनि गर्न सकिँदैन । किनकि हाम्रो शरीरमा पानी भएन भने बाँच्न सकिँदैन । हाम्रो शरीरलाई अन्य खानेकुरा जस्तै पानी पनि अति नै जरुरी हुन्छ । शरीरका विभिन्न रसहरू तथा रगतमा पानीको मिश्रण हुन्छ । पानीले शरीरका कोषहरूलाई ओसिलो बनाउनुका साथै शरीरका विभिन्न रस तथा पोषक तत्त्वहरू यसमा घुलेर एक ठाउँबाट अर्को ठाउँमा लाने काम पनि गर्दछ ।

कुपोषण

विशेष