खेल

३ मिनेटमा २ गोल गरेपछि हारबाट जोगियो मेसीको बार्सिलोना

३ मिनेटमा २ गोल गरेपछि हारबाट जोगियो मेसीको बार्सिलोना

काठमाडौं । जारी ला लिगाको लिडर बार्सिलोना र भिल्लारियलबीचको खेल चार–चार गोलको बराबरीमा सकिएको छ । गोलको वर्षा भएको खेलमा १० खेलाडीमा झरेको बार्सिलोनाले भिल्लारियलविरुद्ध दुई गोलले पछि परेको अवस्थामा खेलमा कमब्याक गर्न सफल भयो । रोमाञ्चक खेलको १२ औं मिनेटमा फिलिप कोउन्टिन्होको गोलमार्फत बार्सिलोनाले अग्रता बनाएको थियो । त्यसपछि १६ औं मिनेटमा माल्कोमले गोल गर्दै बार्सिलोनालाई दुई शून्यले अगाडि राखे । 

 

तर त्यसपछि भिल्लारियलले उत्कृष्ट कमब्याक गर्दै ४ गोल गर्न सफल भयो । २३ औं मिनेटमा चुकविजीले गोल गरे भने ५० औं मिनेटमा टोको इकाम्बीले गोल गर्दै खेल दुई दुईको बराबरीमा पुर्‍याए । ६२ औं मिनेटमा लीबोरा र ८० औं मिनेटमा बाक्काले गोल गरेपछि बार्सिलोना चार दुईले पछि पर्‍यो । तर ८६ औं मिनेटमा भिल्लारियलका गोञ्जालेज दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरीएपछि १० खेलाडीमा झर्न पुग्यो । जसको फाइदा लिँदै बार्सिलोनाले तीन मिनेटमा दुई गोल फर्काउन सफल भयो । ९० औं मिनेटमा मेस्सीले गोल गरे भने इन्जुरी समयको तेस्रो मिनेट लुइस स्वारेजले गोल गर्दै टिमलाई हारबाट जाेगाए ।

बार्सिलोना ला लिगा भिल्लारियल

विशेष