खेल

यस्ता छन् क्रिकेटर ज्ञानेन्द्र मल्लका फिटनेस सूत्र

यस्ता छन् क्रिकेटर ज्ञानेन्द्र मल्लका फिटनेस सूत्र

काठमाडौं । ज्ञानेन्द्र मल्ल नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान हुन् । उनी दायाँहाते ब्याट्सम्यान हुन् । परेका वेला उनी विकेटकिपिङ र पार्टटाइम बलिङ पनि गर्छन् । ज्ञानेन्द्रले सन् २००६ मा नामिबियाविरुद्ध राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । उनी अन्तर्राष्ट्रिय शतक बनाउने सात खेलाडीमध्येमा पर्छन् । २९ वर्षका भए ज्ञानेन्द्र । खेलाडी जीवनका लागि यो उमेर बढ्दो हो । यद्यपि, स्वस्थ जीवनशैलीका अपनाउँछन् र खेलका लागि फिट छन् । अब जानौँ, उनले आफ्नो फिटनेस सूत्रबारे के भने :

 

 नियमित अभ्यास
शारीरिक रूपमा म फिट रहनुमा क्रिकेट खेल्नका लागि गरिने अभ्यास नै प्रमुख हो । खेल दौरानको र अन्य खाली समयमा पनि दैनिक अभ्यास गर्छु । कुन समयमा कति अभ्यास गर्ने निर्धारण हुँदैन । तर, समय मिलाएर नियमित क्रिकेटको अभ्यास गर्छु । टिमको अभ्यास सधैँ सँगै हुँदैन । यस्तो अवस्थामा पनि व्यक्तिगत तरिकाले एक–दुई घन्टा अभ्यास गर्छु । यसले खेलमा निपुण बनाउनुका साथै स्वस्थ रहनसमेत सघाउ पु-याउँछ ।

 

 जिम र दौड
खेलसँगै व्यक्तिगत रूपमा समेत फिट रहन कहिलेकाहीँ जिम जाने गरेको छु । बडी सेपमा ल्याउन र मांशपेसी बलियो बनाउन जिम जान आवश्यक ठान्छु । यसबाहेक, रनिङ पनि मुख्य हो । खेलको अभ्याससँगै अरूवेला पनि दौडने गर्छु । 

 

 फुटसल खेल्छु
फुटसल खेल्नु फिटनेसको वर्कआउटभित्र पर्छ । फुर्सदको समयमा साथीभाइसँग मिलेर फुटसल जाने गरेको छु । यसलाई व्यायामभन्दा बढी मनोरञ्जनका रूपमा लिन्छु । यद्यपि, फुटसल खेलेर मैले आफू थप फिट भएको महसुस गरेको छु । 

 

 सन्तुलित भोजन
नियमित अभ्यासदौरान म सामान्य खाना खान मन पराउँछु । जसमा प्रायः हरिया सागपात, मासु, फलफूल समावेश गर्छु । तर, खेलको अभ्यासको समयमा भने खानेकुरामा अलि बढी ध्यान दिनुपर्ने हुन्छ । बिहानको समय (ब्रेकफास्ट)मा अन्डा, ससेज र विभिन्न किसिमका रोटी खान्छु । बिहानको खाना भने अलि हलुका किसिमको खान्छु । र, बेलुकाको  खानामा सकेसम्म भात समावेश गर्दिनँ ।

 

चिनी र सफ्ट ड्रिंक्स् बन्देज
केही समययता मैले कोल्ड ड्रिंक्स् नखाने अठोट गरेको छु । त्यस्तै, चिनी र चिनीजन्य खाद्यवस्तु पनि सकेसम्म खान्नँ । यद्यपि, कहिलेकाहीँ खेलदौरान इनर्जीका लागि भनेर अन्य गुिलयो पदार्थ लिने गरेको छु । तर, चिनी र सफ्ट ड्रिंक्स कहिले पनि लिन्नँ ।  यो सामग्री नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

ज्ञानेन्द्र मल्ल फिटनेस सूत्र

विशेष