खेल

आइपीएलः धोनीको चेन्नई र रोहितको मुम्बई भिड्दै

आइपीएलः धोनीको चेन्नई र रोहितको मुम्बई भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आज चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्स भिड्दै छन् । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार मुम्बईमा साँझ ८ः१५ बजे देखि शुरु हुँदैछ ।

 

महेन्द्रसिंह धोनी नेतृत्वको चेन्नईले ३ खेलमा तीनै खेल जित्दै शीर्ष स्थानमा रहँदा रोहित शर्मा कप्तान रहेको मुम्बई ३ खेलमा एकमा जीत र २ खेलमा हार बेहोर्दै अंक तालिकाको छैठौं स्थानमा छ । अहिलेसम्म यी दुई टिमबीच २६ पटक भिडन्त भएको छ । जसमा मुम्बईले १४ र चेन्नईले १२ खेल जितेको छ । 

इन्डियन प्रिमियर लिग आइपीएल चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्स

विशेष