खेल

पाकिस्तानद्वारा आइपीएल प्रशारणमा प्रतिबन्ध

पाकिस्तानद्वारा आइपीएल प्रशारणमा प्रतिबन्ध

काठमाडौं । पाकिस्तानले भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) को प्रशारणमा प्रतिबन्ध लगाएको छ । भारतले आफ्नो देशको क्रिकेटमा नोक्सान पुर्याएको भन्दै पाकिस्तानले मंगलबारदेखि आइपीएल प्रशारणमा प्रतिबन्ध लगाएको हो । पाकिस्तानका सूचना मन्त्री फवाद चौधरीले पत्रकार सम्मेलन मार्फत आफ्नो आइपीएल प्रशारणमा प्रतिबन्ध लगाएको जानकारी दिए । 

 

उनका अनुसार प्रधानमन्त्री इमरान खानको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले पाकिस्तानमा आइपीएल प्रशारणमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । सूचना मन्त्री चौधरीले आइपीएलको प्रशारण प्रतिबन्ध लगाउनको मूल कारण आफनो देशको क्रिकेटमा भारतले पुर्याएको नोक्सान रहेको बताए । उनले भने, ‘भारतले पाकिस्तानको क्रिकेटमा नोक्सान पुर्याउन संगठित प्रयास गरेको छ । र, हाम्रो देशमा भारतको घरेलु लिगको प्रचार गरेर कुनै फाइदा छैन ।’ यसअघि, भारतले पनि पाकिस्तान सुपर लिग (पीएसएल) को प्रशारणमा प्रतिबन्ध लगाएको थियो । पुलुवामा हमालाका कारण भारतले पीएसएल प्रशारणमा प्रतिबन्ध लगाएको थियो । 


 

इन्डियन प्रिमियर लिग प्रशारण प्रतिबन्ध

विशेष