यस्ता छन् अदुवाका फाइदा

काठमाडौं । अदुवामा उच्च मात्रामा भिटामिन, म्याग्नेसियम आदिजस्ता खनिज पदार्थ पाइन्छ । अदुवा चिया पिउनु स्वास्थ्यका लागि लाभदायक हुन्छ । यसले पेट दुख्न कम गर्नुका साथै तनाव पनि घटाउँछ ।
–यात्रामा जानुअघि अदुवा चिया खाँदा बान्ता हुनबाट बचाउँछ ।
–शरीरको अनावश्यक तौल कम गर्न अदुवा चियाले सहयोग गर्छ ।
–अदुवाले क्यान्सरसँग लड्ने क्षमता वढाउँछ ।
–अदुवाले रगतमा हुने ग्लुकोजको स्तर व्यवस्थापन गर्छ । पाचन प्रणालीमा सुधार ल्याउँछ ।
–महिनावारीलाई अदुवाले नियमित बनाउँछ । हड्डी र बाथरोगका बिरामीका लागिसमेत अदुवा चिया फाइदाजनक हुन्छ ।