प्रधानमन्त्रीले भने, ‘तुइन विस्थापित भइसक्यो, अब पेट्रोल उत्खनन् गर्छौ’
काठमाडौं । एक वर्षको अवधिमा तुइन विस्थापित भएको प्रधानमन्त्री केपी शर्मा ओलीले दावी गरेका छन् ।
राष्ट्रिय विकास परिषद् बैठकलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो दावी गरेका हुन् । वर्तमान सरकार गफ गर्न बनेको नभई काम गर्न बनेको उल्लेख गर्दै उनले भने, ‘यो देशमा जनताको सरकार छ । भोकमरीले जनता मर्दैनन् । यो हामीले घोषणा गर्यौं ।’
केही आलोचक नेताले कम्युनिष्टहरुले देश गरिब मात्रै बनाउँछन् भनेर बोलेको प्रशंग कोट्याउँदै प्रधानमन्त्री ओलीले यस वर्षजति सडक विगतमा कहिल्यै नबनेको दावी गरे । उनले यो वर्षजति बालबालिका कहिल्यै विद्यालय नगएको, यस वर्षजति सामाजिक विकासको पक्षमा कहिले पनि काम नगरेको प्रधानमन्त्रीले बताए ।
उनले जाजरकोटमा पत्थर, तामा, पेट्रोलियम, फलाम उत्पादन गर्ने तयारी भइरहेको जानकारी दिए । उनले भने, ‘सरकारले उद्योगका क्षेत्रमा पनि काम गर्छ । अब हामी पेट्रोलियम उत्पादन गर्छौैं । फलाम खानीबाट फलाम झिक्छौं ।’