मन्त्रिपरिषदको निर्णय: अत्यावश्यक क्षेत्रमा हडताल गर्न रोक
काठमाडौं। अत्यावश्यक क्षेत्रहरु टेलिफोन, यातायात, रेलमार्ग, सञ्चार, खानेपानी, पर्यटन, होटल, अस्पताल एम्बुलेन्स लगायतका क्षेत्रमा हड्ताल गर्न नपाइने भएको छ ।
गत चैत १४ गतेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । बिहिबार बैठकको निर्णय सुनाउदै सरकारका प्रवक्ता गोकुल बाँस्कोटा उक्त सुचना चाँडै राजपत्रमा प्रकाशित गरिने बताए । बैठकले सवारी साधनको सडक उपभोग दस्तुरमा वृद्धि गरी उपयुक्त बमोजिमको सडक उपभोग दस्तुरसम्बन्धी सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय पनि गरेको छ ।