करिनाको पुत्रमोह !
काठमाडौं। बलिउड अभिनेत्री करिना कपुरलाई छोराको मायाले तानेर स्कुल पुर्याएको छ । यद्यपि महँगो पैसा तिरेर उनले घरमा छोराको हेरालु राखेकी छन् ।
छोरो तैमूरलाई लिन स्कुल पुगेका बेला उनको यो तस्वीर सार्वजनिक भएको हो । सामान्य ड्रेसमा देखिएकी करिना सुटिङस्थलबाट सीधै त्यहाँ पुगेकी हुन् । उनी र अक्षयकुमार अभिनित ‘गुड न्यूज’को अहिले धमाधम सुटिङ चलिरहेको छ । सन्तानको मायाका अगाडि अरु सबै प्राप्ति निस्सार हुन्छन भन्ने पुष्टि करिनाको मातृस्नेहले पुष्टि गरेको छ ।
कलाकार दम्पति पुत्र तैमुर पनि एउटा सिनेमा सानो दृश्यमा कैद भइसकेका छन् ।