देश

पूर्वसहायक रथी बस्न्यातको आरोप, केही संचार माध्यमले मेरो चरित्र हत्या गरे

पूर्वसहायक रथी बस्न्यातको आरोप, केही संचार माध्यमले मेरो चरित्र हत्या गरे

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको आलोचना गरेको भन्दै पूर्वसहायक रथीद्वय धर्म बानियाँ र प्रेमसिंह बस्न्यातलाई नेपाली सेनाले कारबाही गरेको समाचार विभिन्न संचार माध्यममा आएपछि बस्न्यातले प्रतिक्रिया दिएका छन् ।

 

उक्त समाचारले आफ्नो चरित्र हत्या भएको भन्दै सामाजिक संजाल फेसबुकमा उनले लेखेका छन्, "यो समाचार को स्रोत को हुन ? बोलुन अब। कुनै ले मलाई केही कारबाइ गरेका छैनन। जे बोलेको छु ठीक बोलेको छु। नेपाली सेना एउटा बाहादुरि संस्था हो। यस्ता पानी मरुवा खबर दिने छैन भन्ने विश्वाश छ मलाई। जहाँ सम्म प्रधान मन्त्री को सेना परिचालन् गर्ने बिधेक र ईश्वर पोखरेल अनी मावोबादी बिप्लब को बारे मा बोलेको धारणा सहि छन।"

विशेष