Technology

अन्तरिक्षमा स्याटेलाइट, समुन्द्र हुँदै नेपालकै इन्टरनेट

अन्तरिक्षमा स्याटेलाइट, समुन्द्र हुँदै नेपालकै इन्टरनेट

काठमाडौं : अन्तरिक्ष र समुन्द्र दुवैमा नेपालको पहुँच छैन्। अन्तरिक्षमा नेपाललाई छुट्याएको स्टलमा अहिलेसम्म स्याटलाईट पुर्‍याउन सकेको छैन्। भूपरिवेष्ठित देश भएकाले व्यापारका लागि छिमेकी देशको भर पर्नुको विकल्प छैन्।

 

यी दुवै ठाउँमा अहिलेसम्म पहुँच नभए पनि पछिल्लो समय त्यसको प्रयास भने जारी छ । त्यति मात्रै हैन त्यो प्रयासको नतिजा पनि पाउन थालेको छ। अन्तरिक्षमा नेपाल प्रवेशको ढोका यो वर्षको पहिलो साता नै खुल्दै छ।

 

अन्तरिक्षमा नेपालको प्रवेशको ढोका नयाँ वर्षको पहिलो हप्ता नै खुल्दैछ । आकारमा सानो भए पनि नेपाली झन्डासहितको नानो स्याटेलाइट वैशाख ४ गते अन्तरिक्षमा पठाइँदैछ । 

 

समुन्द्र हुँदै नेपालकै इन्टरनेट

अन्तरिक्षमा मात्र हैन समुन्द्रमा आफ्नै केबल विछ्याएर देशका लागि आवश्यक इन्टरनेट ल्याउने सम्मको पहल नेपालले गर्न थालेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले त्यसको सम्भाव्यता अध्ययनका लागि इच्छुक परामर्शदाताबाट आवेदनसम्म माग गरेको छ।

 

हाल भारत र चीनबाट इन्टरनेट ब्यान्डविथ ल्याउँदै आएकोमा अब ती देशको सीमामा रहेको समुन्द्रको प्रयोग गर्दै आफ्नै इन्टरनेट ल्याउने प्रयास प्राधिकरणले थालेको हो। ‘समुन्द्र हुँद्यै हामी आफ्नै इन्टरनेट ल्याउन सक्छौं कि सक्दैनौं भनेर अध्ययन गर्न परामर्शदाताबाट आवेदन मागेका छौं।’ प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने। यो खबर आजको गोरखापत्र दैनिकबाट लिइएको हो ।

इन्टरनेट समुन्द्र

विशेष