स्वास्थ्य

कर्मचारी समायोजन : सुदूरपश्चिमका अस्पतालमा विशेषज्ञ चिकित्सकविहीन

कर्मचारी समायोजन : सुदूरपश्चिमका अस्पतालमा विशेषज्ञ चिकित्सकविहीन

धनगढी । कर्मचारी समायोजनका कारण सुदूरपश्चिमका अस्पतालमा विशेषज्ञ चिकित्सकविहीन हुने अवस्थामा पुगेका छन् । अधिकांश चिकित्सकले संघ रोजेपछि प्रदेश सरकारमातहत रहेका अस्पतालहरु चिकित्सकविहीन हुने अवस्थामा पुगेका हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य सेवाका कर्मचारीको समायोजनको सूची सार्वजनिक गरेपछि स्वास्थ्य क्षेत्रमा चिन्ता छाएको छ । 

 

८७ मध्ये ७९ चिकित्सकले संघ रोजे

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा ८७ जना चिकित्सकको दरबन्दी छ । तीमध्ये ७९ जनाले संघ रोजेका छन् । केन्द्रले सार्वजनिक गरेको सूचीका आधारमा समायोजन भए प्रदेशमातहतका अस्पतालमा दुई जना कन्सल्टेन्ट, तीन जना एमबिबिएस र तीन जना आयुर्वेद चिकित्सक मात्र रहने सामाजिक विकास मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले बताए । यो खबर आजको नयाँ पत्रिकाबाट लिइएको हो ।

कर्मचारी समायोजन

विशेष