स्वास्थ्य

औषधिबिना स्वस्थ्य कसरी रहने ?

औषधिबिना स्वस्थ्य कसरी रहने ?

मानिसहरू स्वस्थ्य रहनको लागि लाखौ खर्च गर्न तयार हुन्छन । हाम्रै केही साना प्रयासले विना औषधी पनि स्वस्थ्य रहन सकिन्छ । 

सकारात्मक सोच

कुनै पनि मानिस एक्लो भएमा मनमा अनेक कुरा खेल्न थाल्छ । साथी तथा आफन्तको सम्पर्करमा रहने गर्नु पर्दछ । राम्रा र रमाइला घटनाको बारेमा सोच्नु र सम्झनु पर्दछ । यसो गर्दा पीडामा राहत मिल्छ ।

व्यायाम गर्नु

व्यायामलाई आफ्नो जीवनको हिस्सा बनाउनु पर्छ । धेरै आराम गरे तुन्तुहरुमा सिथिलता ल्याउँछ । व्यायामले पम्पको काम गरेर शरीरमा रक्तसंचारलाई वढाउँछ ।

चिन्ता नलिने

चिन्ता भएको बेला गीत सुन्ने, टिभी हेर्ने त्यस्तै कुनै खेल खेलर चिन्तालाई भुल्ने प्रयास गर्न सकिन्छ । मनपरेको मानिसलाई आफ्ना समस्या बतायो भने पनि चिन्ता मुक्त हुने बाटो खुल्न सक्छ ।

लामो सास लिने

लामो र गहिरो सास नाकबाट लिएर मुखबाट फाल्ने गर्दा स्वस्थ्य राम्रो हुन्छ । तनाव तथा थकानले पीडा बढाँछ लामो सास लिदा पीडा कम हुँदै जान्छ ।

स्वास्थ्य

विशेष