कभर स्टोरी

६ जना भैंसी गोठालाले दूधको बजार खोज्दै जाँदा अमूल डेरी भारतमा जन्मेको हो (भिडियोसहित)

६ जना भैंसी गोठालाले दूधको बजार खोज्दै जाँदा अमूल डेरी भारतमा जन्मेको हो (भिडियोसहित)

राष्ट्रिय सहकारी संघका संस्थापक अध्यक्ष दीपकप्रकाश बास्कोटा  एवं पूर्वगृहराज्यमन्त्री हुन् । बास्कोटा राष्ट्रिय सहकारी बोर्डका पूर्वअध्यक्ष पनि हुन् । उनी लामो समयदेखि सहकारी आन्दोलनमा क्रियाशील छन् । सहकारीलाई विद्यालय सञ्चालन गर्न नदिने गरी शिक्षा ऐन आएको विषयलाई उनले सही मानेका छैनन् । नेपालआजको ‘फरक सम्वाद’मा श्रीकृष्ण संग्रौलासँग उनले कुरा गर्दै यो अभियान अर्थतन्त्रको बलियो माध्यम बन्नेमा विश्वास राख्छन् । 
 

 

सहकारीलाई बचत र ऋणमात्रै बुझ्न हुँदैन । सहकारीका धेरै कार्यक्रम हुन्छन् । बचत र ऋणले काम गर्दै गर्दा सहकारीको आधा भाग ओगट्ने आएको छ । बचत र ऋणलाई सुधारेर बैंक  र वित्तीय संस्थाबाट फरक हुनुपर्छ । निजी फर्महरु नपुगेका स्थानमा सहकारी संस्थाहरु पुग्नु पर्छ । पानी, स्वास्थ्य चौकी, शिक्षाका लागि पनि पुग्नुपर्छ । नेपालका सहरहरुमा धनीलाई धनी बनाउने, गरिबलाई गरिब बनाउने खालका रहेको बास्कोटा स्वीकार गर्छन् । 
 

 

सहकारीसँग कारोबार गर्दा धीतो चाहिँदैन, बैंक पुग्न पर्दैन । द्वन्द्वको बेला बैंकहरु सहर फर्के, सहकारीहरु गाउँ पसे । सहरका केही धनाढ्य व्यक्ति पनि सहकारीमा आएका छन् । उनीहरुले सहकारीमा जम्मा भएको पैसा जग्गा प्लटिङमा लगानी गरेको आफूले पनि सुनेको बास्कोटाले उल्लेख गरे । 
नेपालमा लगानी सम्मेलन भयो । नेपालका नीति निर्मातालाई बास्कोटाले १२ वर्षदेखि सहकारीको रकम प्रयोग गर्नूस भन्दा उनीहरुले वेवास्ता गरेको सुनाए । सहकारीहरुसँग ठूलो परिमाणमा निक्षेप छ । त्यो प्रयोग गर्न सक्नु पथ्र्यो । 

 

">

सहकारी चलाउन तालिम र शिक्षा पनि आवश्यक रहेको उनी बताउँछन् । सहकारी कसरी चलेका छन् भन्ने राम्रो जानकारी पनि नलिई मानिसहरु यो क्षेत्रमा प्रवेश गरेको उनले बताए ।  
 

 

अमूल डेरीको त नाम हामीले सुनेका छौं । सहकारीको अवधारणाले यो उद्योग खुल्यो । २५–३० लाख किसानले अमूललाई दूध बेच्छन् । ती किसानहरु गरिब छैनन् । उनीहरुका छोराछोरीले राम्रो शिक्षादिक्षा पाएका छन् । उपचारको सुविधा पाएका छन् । बीमा पनि छ । छ जना भैसी गोठालाले दूध कहाँ बेचौं भनेर मार्केट खोज्दा अमूल जन्मेको हो । 

 

यसकारण बास्कोटाको मतमा किसानसँग जोड्ने सहकारी सञ्चालन हुनुपर्छ । 
 

विशेष