मनोरञ्जन

   सुटिङस्थलमै बाउछोरा भेट

   सुटिङस्थलमै बाउछोरा भेट

बलिउड महानायक अमिताभ बच्चन सुटिङमै रहेका बेला छोरा अभिषेक बाबुु भेट्न सुटिङस्थल पुगे । अभिषेक पुग्दा अमिताभ सुटिङकै पहिरनमा थिए । उनी यतिबेला तमिल फिल्मको सुटिङमा व्यस्त छन् ।

 

अमिताभ फिल्म सुटिङ गेटअपमा देखिन्छन् । बाक्लै गरेको ट्वीटबाट पुष्टि हुन्छ– उनी यो फिल्मबाट निक्कै उत्साही छन् । 

 

जब छोरा र बाबुको जुत्ता साईज समान हुन्छ, त्यसपछिको साइनो साथीमा परिणत हुन्छ । बच्चन बाउ छोरा चारवटा प्लास्टिक कुर्सी खप्टिएर बसेका छन् । आफू सरह नै छोरो कुर्सी खप्टिएर बसेको अमिताभलाई घत परेछ । उनले ट्वीट गरिदिए– ‘जब उ जुत्ता मात्र नभई समान कुर्सीमा बस्छ भने उ छोरा नभएर साथी हो ।’ 

 

वास्तवमा बाउ छोराको शारीरिक बनावट कति खाइलाग्दो छ भन्ने कुराको प्रमाण स्वयं खप्टिएका चार कुर्सी बोल्छन् । 
 

अमिताभ बच्चन

विशेष