आइपीएल: विराट कोहली भर्सेस सन्दीप लामिछाने
काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपीएल)मा आज दुई खेल हुदैछ । नेपाली समयअनुसार अपराह्न सवा ४ बजे हुने खेलमा दिल्ली क्यापिटल्स तथा रोयल च्यालेञ्जर्स बैंगलोर भिड्दैछन् भने राति सवा ८ बजे कोलकता नाइट राइडर्स तथा राजस्थान रोयल्स आमनेसामने हुनेछन् ।
बैंगलुरुको एम चिन्नास्वामी रंगशालामा हुने पहिलो खेलमा नेपाली युवा लेगस्पीनर सन्दीप लामिछानेको टोली दिल्ली अङक तालिकाको दोस्रो स्थानमा उक्लिने दाउमा हुनेछ भने लगातार पाँच खेलमा हार बेहोरेको बंगलोर प्रतियोगिताको पहिलो जीतको खोजीमा हुनेछ । दिल्ली तालिकाको छैटो स्थानमा छ भने बैंगलोर पुछारमा रहेको छ । बैंगलोरका कप्तान विराट कोहली तथा दक्षिण अफ्रिकाको महान क्रिकेटर एबी डी भिलिलियर्सलाई सन्दीप लामिछानेले बलिङ गर्नेछन् ।
जयपुरस्थित सवाई मानसिंह रंगशालामा हुने दोस्रो खेलमा तालिकाको तेस्रो स्थानमा रहेको कोलकता जीत निकाल्दै शीर्ष स्थानमा पुग्ने दाउमा हुन्छ भने सातौं नम्बरको राजस्थान एक स्थान माथि उक्लिन कसरत गर्नेछ ।