देश

भिक्षु अश्वघोषको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ

भिक्षु अश्वघोषको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ

काठमाडौँ। मन्त्रिपरिषद्को बैठकले नेपालका छैँटौँ सङ्घनायक भिक्षु अश्वघोष महास्थवीरको अन्त्येष्टि विशेष राष्ट्रिय सम्मानका साथ गर्ने निर्णय गरेको छ । भिक्षुको निधनप्रति समवेदना व्यक्त गर्दै आज बसेको बैठकले राष्ट्रिय सम्मानका साथ उनको पार्थिव शरीरको अन्त्येष्टि गर्ने र अन्त्येष्टि खर्च नेपाल सरकारले व्यहोर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाका अनुसार बैठकले भिक्षुका समस्त शिष्यगण, अनुयायी र बौद्ध समुदायप्रति समवेदना पनि व्यक्त गरेको छ । भिक्षु अश्वघोषको गत शुक्रबार निधन भएको थियो । यसअघि उनी गम्भीर अस्वस्थ हुँदा प्रधानमन्त्री केपी शर्मा ओली लगायतमन्त्री र सांसदहरु उनको अवस्था बुझ्न अस्पताल पुगेका थिए ।  

भिक्षु अश्वघोष वि.सं २०४६ को जनान्दोलनपछि तत्कालीन संसदमा तत्कालीन नेकपा (एमाले) बाट राष्ट्रियसभा सदस्यमा मनोनीत भएका थिए । को ही पनि नेपाली भिक्षु संसदमा पुगेको त्यो नै पहिलो घटना थियो ।

मन्त्रिपरिषद् बैठक

विशेष