कभर स्टोरी

विदेशीलाई नागरिकता दिन ढिलो नहोस् भनेर गृहले परिपत्र गर्‍यो (भिडियोसहित)

विदेशीलाई नागरिकता दिन ढिलो नहोस् भनेर गृहले परिपत्र गर्‍यो (भिडियोसहित)

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ऐन बनाएर नागरिकता बाँड्दा विदेशीलाई मर्का पर्ने ठानेर गृहमन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र जारी गरेर वंशज नागरिकता बाँड्न थालेको दावी गरेका छन् । 

 

अंगीकृतका सन्तानलाई वंशज नागरिकता बाँड्न गृहको परिपत्र दूर्भाग्यपूर्ण रहेको दावी गर्दै अध्यक्ष केसीले वताए । यस्तो परिपत्रपछि धेरैले नागरिकता लिइरहेको उल्लेख गरे । पुस्तौपुस्तादेखि नेपालमा बसिआएका वास्तविक धर्तीपुत्रले मात्रै वंशजको नागरिकता पाउनु पर्ने उनको माग छ ।  नेपाली चेली भारतमा बिवाह गरेर जाँदा त्यहाँ सात वर्ष पछि मात्रै अंगीकृत नागरिकता पाउँछन् । तर नेपाली केटासँग विवाह गरेर आउने महिलाले तुरुन्तै नागरिकता पाउने व्यवस्था घातक रहेको उनको भनाइ छ । 

 

बाबुको टुंगो नहुँदा, पहिचान पनि नखुलाउँदा पनि आमाले भनेका भरमा सन्तानलाई नागरिकता दिनु पर्ने संशोधन प्रस्ताव जायज नभएको केसी बताउँछन् । उनले भने, ‘पतिको नाम भन्न पनि लाज लाग्ने वा भन्न नसक्ने अनि नागरिकता भने पाउनु पर्ने कुनै कुरा हुन्छ ?’

">

पटक पटक विदेशीलाई नागरिकता बाँड्नकै लागि तीन वटा ऐन नेपालमा बनेको र सात वटा नियमावली बनेको केसी बताउँछन् । नेपालमा जनसांख्यिक आक्रमणको संकेत देखा परिसकेको र कुनै पनि बेला नेपालमा जनसांख्यिक आक्रमण हुन सक्ने केसीले दावी गरे । 

 

भारतमा वर्षौंदेखि लाखौ नेपाली जातीहरु बसेका छन् । तर उनीहरुले नागरिकता पाएका छैनन् । नेपालमा भने तीन जनाले सिफारिस गरेको भरमा नागरिकता बाँडिनु दुःखद पक्ष रहेको उनले उल्लेख गरे । 

 

(यस समाचारमा समाविष्ट भिडियो प्लेटमा ‘चित्रबहादुर’ र ‘अध्यक्ष’ हुनुपर्नेमा अन्यथा पर्न गएकोले त्यसबाट पाठक, दर्शकवर्गमा पर्न गएको अलमलप्रति क्षमाप्रार्थी छौं ।’
 

विशेष