देश

"जनताको जलविद्युत कार्यक्रम" मार्फत सर्वसाधारणले तत्काल मुनाफा पाउछन्

"जनताको जलविद्युत कार्यक्रम" मार्फत सर्वसाधारणले तत्काल मुनाफा पाउछन्

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन "अनन्त" ले सरकारप्रति जनताको विश्वास झन बढेको बताएका छन् ।

मङ्गलबार "जनताको जलविद्युत कार्यक्रम" अन्तर्गत थपिएका दुइ आयोजनाबारे जानकारी दिन मन्त्रालयमा आयोजित कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् । "जनताको जलविद्युत कार्यक्रम" अन्तर्गत पहिलो आयोजनाको रुपमा त्रिशुली थ्री बीमा लगानी गर्न आम नागरिकको तर्फबाट अत्यधिक आवेदन आउनु त्यसको प्रमाण भएको मन्त्री पुनको विश्वास रहेको छ ।

जनता लगानी गर्न आतुर रहेको बताउदै मन्त्री पुनले जनताले मुनाफा पाउने कार्यक्रम मात्रै अगाडि बढाइने स्प्षट पारे । तत्काल फाइदा नहुने देखियो भने "जनताको जलविद्युत कार्यक्रम" को सुचीमा रहेको केही आयोजना हटाउन पनि सकिने उनको भनाइ छ । अधिकांश आयोजना केही वर्षमै तयार हुने भएकाले सानो पुँजी लगानी गर्ने सर्वसाधारणले तत्काल फाइदा पाउने मन्त्री पुनले स्पष्ट पारेका हुन् ।

रसुवागढी जलविद्युत आयोजना र सान्जेन जलविद्युत आयोजनाले वैशाख ६ गतेदेखि प्राथमिक शेयर ‘आइपिओ’ निष्काशन गर्न लागेको हो । रसुवागढीले सर्वसाधारणको लागि ९३ लाख ३९ हजार ४६७ कित्ता र सान्जेनले ४९ लाख ८२ हजार कित्ता प्राथमिक शेयर जारी गर्ने भएका हुन् ।

विशेष