'तिम्रो बदलामा शराव नै साथी बनाएँ' बोलको गीत लिएर आए गायक श्याम सुन्दर (भिडियो सहित)

काठमाडौं । अमेरीकामा स्थायी रूपमा बसोबास गरे पनि नेपाली गीतसंगीतलाई आफ्नो पहिचान बनाएका गायक श्याम सुन्दरले फेरि ‘सराव नै साथी बनाए’ भन्ने गीत लिएर आएका छन् । यो गीत उनले भर्खरैमात्र युट्युवबाट रिलिज गरेका हुन् ।
उनले १२ वर्षअघि “मेरा यी चोर आँखा” र “मलाई माफ गर” भन्ने गीतबाट चर्चा बटुलेका थिए । प्रस्तुत सरावनै साथी बनाए भन्ने गीतमा चर्चित गायकद्वय सत्यराज तथा स्वरुप राज आर्चायको संगीत रहेको छ ।
गीतका शब्द भने अमृत खतिवडा भान्जा भाइका हुन् । श्याम सुन्दर आचार्य सत्य र स्वरुप राज आर्चायका सांगीतिक गुरु पनि हुन्। यो गीतलाई सत्य स्वरुपको गुरु दक्षिणा भनेर पनि टिप्पणी गरिएको छ। संगीत सर्जकहरूका लागि भने यो गीत महत्वपूर्ण हुनसक्छ ।
गीत