Technology देश

इन्टरनेट र टेलिभिजन सेवा देशैभर बन्द गर्ने चेतावनी

इन्टरनेट र टेलिभिजन सेवा देशैभर बन्द गर्ने चेतावनी

काठमाडौं। इन्टरनेट तथा टिभी सेवा प्रदायक समन्वय समितिले आफ्ना मागहरु पुरा नभए देशैभर प्रदान गरेको सेवा अवरुद्ध पार्ने चेतावनी दिएको छ ।

 

इन्टरनेछ सेवा तथा डिजिटल टेलिभिजन सेवा प्रदायकहरुका साझा संस्थाहरु ISPAN तथा नेपाल केवल टिभी महासंघ  र अन्य टिजिटल टिभी सेवा प्रदायकहरु: डिसहोम, नेट टिभी तथा प्रभु टिभीले आ-आफ्ना क्षेत्रमा उत्पन्न समस्याको समाधान गर्न माग गरेका हुन् । समस्या समाधानका लागि सरकारी निकायलाई ज्ञापन पत्र बुझाएको समितिले माग सुनुवाइ नभए नेट तथा टिभी सेवा अवरुद्ध गर्ने बताएका छन् ।

 

समितिले माग पुरा गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सञ्चार तथा सुचना प्रविधि मन्त्रालय एवम उर्जा तथा सिँचाइ मन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ। पोल  तथा अप्टिकल फाइबर भाडामा भएको वृद्धि, टेलिकम सेवा शुल्क (TSC) थप गरिएको र विदेशी च्यानलहरु क्लिन फिड हुनुपर्ने सरकारी व्यवस्थाप्रति आपत्ति जनाउदै समितिले विरोध गरेको हो । 

">

विशेष