खेल

आइपीएलः फाइनल पुग्न सन्दीपआवद्ध दिल्लीले आज चेन्नईको सामना गर्दै

आइपीएलः फाइनल पुग्न सन्दीपआवद्ध दिल्लीले आज चेन्नईको सामना गर्दै

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत फाइनल प्रवेशका लागि आज तीन पटकको विजेता चेन्नई सुपर किंग्स र हालसम्म फाइनल प्रवेश गर्न नसकेको दिल्ली क्यापिटल्स भिड्दै छन् । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि हैदरावादको विशखापटनम रगंशालामा हुँदैछ । आज खेल जित्ने टिम १२ मेमा हुने फाइनलमा मुम्बईसँग उपाधि भिडन्त खेल्ने छ । 


सन्दीपको सम्भावना कति?
महेन्द्रसिंह धोनी नेतृत्वको चेन्नई सुपर किंग्सविरुद्ध पनि नेपाली लेग स्पिनर सन्दीप लामिछानेले मौका पाउने सम्भावना न्यून छ । दिल्लीले अघिल्लो खेलमा टिममा राखेका खेलाडीलाइ नै मैदानमा उतार्न सक्छ । यद्यपि, ट्रेन्ट बोल्टको स्थानमा अलराउन्डर क्रिस मोरिसलाई दिल्लीले टिममा समावेश गर्न सक्छ । मोरिस केही दिनअघि मात्र विश्वकपका लागि टिममा परेकाले उनी आफ्नो देश दक्षिण अफ्रिका फर्किएको अनुमान पनि गरिएको छ । यदि उनी स्वदेश फर्किएको भए बोल्टले नै मौका पाउन सक्छन् । 

 

दिल्लीले हैदरावादविरुद्धको इलिमिनेटर खेल पनि यही मैदानमा खेलेको थियो । जसमा स्पिनरले राम्रो प्रदर्शन गरेका थिए । यति हुँदाहुँदै पनि सन्दीपको सम्भावना कमजोर छ । अन्तिम खेलमा बलिङमा अमित मिश्रा, किमो पउल र इशान्त शर्माले राम्रो खेलेका थिए ।   

इन्डियन प्रिमियर लिग चेन्नई भर्सेस दिल्ली

विशेष