खेल

पूर्व प्रशिक्षक बनर्जी भन्छन्, ‘धोनी रणनीतिमा अहिले पनि माहिर, विराटमा छैन त्यस्तो क्षमता’

पूर्व प्रशिक्षक बनर्जी भन्छन्, ‘धोनी रणनीतिमा अहिले पनि माहिर, विराटमा छैन त्यस्तो क्षमता’

काठमाडौं । भारतीय त्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीका पूर्वक्रिकेट प्रशिक्षक केशव रञ्जन बनर्जीले उनमा रणनीति बनाउने क्षमता अद्भूत रहेको बताएका छन् । बनर्जीले यो कुरा ‘एमएस धोनी क्रिकेट एकेडेमी’ को उद्घाटनका क्रममा बताएका हुन् ।

 

उनले वर्तमान टिमका कप्तान विराट कोहलीमा धोनीमा जस्तो खेललाई पढ्न सक्ने क्षमता नभएकोसमेत उल्लेख गरे । यस्तै, बनर्जीले यदि धोनी टिममा नभए विराटलाई सल्लाह दिने कोही नभएकोसमेत बताए । रणनीति बनाउनका लागि अहिले पनि टिममा धोनीको महत्वपूर्ण भूमिका रहेको उनको भनाई छ ।

 

प्रशिक्षक बनर्जीले विराटमा अझैं पनि टिमको नेतृत्व सम्हाल्न सक्ने क्षमता कम भएकोसमेत बताए । बेनर्जीले भनेका छन्, ‘विराटले अहिले पनि कप्तानको पूर्ण भूमिका निर्वाह गर्न सकिरहेका छैनन् । विस्तारै उनमा रणनीति बनाएर अगाडि बढ्ने परिपक्वता बढ्दै जानेछ । यदि टिममा धोनी भएमा विराटलाई थप मद्दत पुग्ने छ ।’  

महेन्द्रसिंह धोनी विराट कोहली भारतीय त्रिकेट टिम

विशेष