खेल

आइपीएलः दिल्लीलाई हराउँदै धोनीको चेन्नई आठौं पटक फाइनलमा

आइपीएलः दिल्लीलाई हराउँदै धोनीको चेन्नई आठौं पटक फाइनलमा

काठमाडौं । पहिलो पटक इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफमा पुगेको दिल्ली क्यापिटल्स फाइनल पुग्ने असफल भएको छ । लिगको दोस्रो क्वालिफायरमा महेन्द्रसिंह धोनी नेतृत्वको चेन्नई सुपर किंग्स विरुद्ध ६ विकेटले पराजित हुँदै दिल्ली फाइनल पुग्न असफल भएको हो । 

 

दिल्लीले दिएको १४८ रनको सामान्य लक्ष्य पछ्याएको चेन्नईले १९ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । उसका लागि ओपनर फाफ डुप्लेसी, शेन वाट्सनले ५०–५०, सुरेश रैनाले ११, महेन्द्रसिंह धोनीले ९ र अम्बाती रायडूले नटआउट २० रन बनाए । बलिङमा दिल्लीका अमित मिश्रा, ट्रेन्ट बोल्ट, इशान्त शर्मा र अक्षर पटेलले एक–एक विकेट लिए ।  

 

यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४७ रन मात्र बनाउन सक्यो । उसका लागि ऋषभ पन्तले सर्बाधिक ३८, कोलिन मुनरोले २७, शिखर धवनले १८, कप्तान श्रेयस अय्यरले १३, शेरफेन रदरफोर्डले १०, ट्रेन्ट बोल्ट, अमित मिश्राले ६–६ र इशान्त शर्माले नट आउट ६ रन बनाए । बलिङमा चेन्नईका डीजे ब्रावो, हरभजन सिंह, इमरान ताहिर, रविन्द्र जडेजाले २–२ र दीपक चहरले एक विकेट लिए ।

 

जीतसँगै चेन्नईले फाइनलमा स्थान बनाएको छ । अब उसले उपाधिका लागि मे १२ तारिख हैदरावादमा मुम्बई इन्डियन्सँग भिड्ने छ । मुम्बई–चेन्नई हालसम्म तीन–तीन पटकका आइपीएल विजेता हुन् । 
    

इन्डियन प्रिमियर लिग दिल्ली भर्सेस चेन्नई

विशेष