देश

आगामी आर्थिक वर्षबाट वृद्धभत्ता ५ हजार

आगामी आर्थिक वर्षबाट वृद्धभत्ता ५ हजार

बर्दिवास । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले वृद्धभत्ता ५ हजार पुर्याउन लागिएको बताएका छन् ।

 

बुधबार बर्दिवास मेडिकल कलेज स्थापनाका लागि पूर्वाधार निर्माण विकास आयोजनाको कार्यालय महोत्तरीको बर्दिबासमा उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले आगामी आर्थिक वर्षको बजेटमा ज्येष्ठ नागरिकको भत्ता ५ हजार बनाउन लागिएको खुलाशा गरेका हुन् । चुनावताका वृद्धभत्ता बढाउने घोषणा गरिएअनुरुप नेकपा नेतृत्वको सरकारले आफ्नो प्रतिवद्धता पुरा गर्न लागेको मन्त्री पोखरेलको भनाई छ ।

 

बैशाख २० संसदमा प्रस्तुत हुन लागेको सरकारको नीति तथा कार्यक्रममा कृषि तथा उत्पादनलाई जोड दिइएको उनले बताए ।

विशेष