कभर स्टोरी

एक फिल्मका स्वामी, अर्का नेपालकाः दुवैको सोझो सम्पर्क भगवानसँग (भिडियोसहित)

एक फिल्मका स्वामी, अर्का नेपालकाः दुवैको सोझो सम्पर्क भगवानसँग (भिडियोसहित)

काठमाडौं । हिन्दी फिल्ममा पिकेमा एक कलाकार छन् सौरभ शुक्ला । जसले पाखण्डी स्वामीको भूमिका निर्वाह गरेका छन् । दानका लागि उक्साउन उनले आफ्ना भक्तहरुलाई विभिन्न भ्रामक स्टन्टहरु गर्छन् ।

 

उनले आफ्नो सोझै सम्पर्क भगवानसँग रहेको दावी गर्छन् । उनी भगवानसँग सोझै कुरा पनि गर्छन् । भगवानले यस्तो आदेश दिनुभयो, उस्तो आदेश दिनुभयो भन्दै समस्यामा परेका भक्तहरुको भावनासँग खेलवाड गर्छन् । 

 

वास्तवममा उनलाई भगवानले केही पनि भन्दैन थिए । आजसम्म भगवानले कसैलाई कुनै कुरा भनेकै छैनन् भने उनलाई पनि किन भन्थे र ! 

 

फिल्मका स्वामीजीले जस्तै भगवानसँग सोझै सम्पर्क हुने अर्का स्वामी नेपालमा छन् । उनी हुन् स्वामी आनन्द अरुण । दार्शनिक ओशो रजनिशका अप्रिय चेला स्वामी आनन्द अरुणलाई भगवानले बेला बेला हप्काउने गरेको उनैले आफ्ना भक्तहरुसँग सगौरव बताएका छन् । 

 

२९ वर्षअगाडि नै यो संसार छाडिसकेका ओशोले उनलाई अहिले पनि बेलाबेला हप्काइरहेको उनले उल्लेख गरेका छन् । ओशो सन्यासीहरुमा आफ्नो प्रभाव कम हुन नदिन र अर्का ओशो स्वामी अशोक भारतीको आलोचना गर्ने क्रममा उनले भनेका छन्, ‘मलाई भगवान (सम्भवतः ओशो) ले भन्नुभएको छ कि तिमीले बोलेनौं भने तिमीलाई पाप लाग्छ ।

 

मलाई अस्तिको दिन भगवानले यति धेरै हप्काउनु भयो कि मैले बोलिन भने मलाई पाप लाग्नेछ । जसजसले उनको (अशोक भारती)को विरुद्धमा बोल्दैनन्, सबैलाई पाप लाग्छ ।’

 

">

 

कहिले आफूलाई पूर्वजन्ममा बिहारको राजा भएको त कहिले भगवानसँगको सोझो सम्पर्कको भ्रामक प्रवचन दिएका कारण स्वामी आनन्द अरुण विवादित छन् । उनले तपोवनमा पुग्ने महिलाहरुलाई ‘तिमी पूर्वजन्ममा मेरी प्रमिका थियौं’ सम्म भन्ने गरेको चर्चा छ । 

 

प्रमाणित हुन नसक्ने र तिलष्मी कुरा गरेर स्वामी आनन्द अरुण नेपालमा विवादास्पद धार्मिक गुरुका रुपमा स्थापित भएका छन् । 

 


उनीविरुद्ध विभिन्न प्रकारका आरोप पनि छन् । उनले ओशो फाउन्डेसनको कपिराइट भएका पुस्तकहरु तोडमोड गरेर नेपालमा छाप्ने, बेच्ने गरेको पनि आरोप छ ।

 

दर्ता नै नभएको पब्लिकेसनबाट यस्तो क्रियाकलाप गर्दै आएका स्वामी अरुणको ओशो तपोवनले शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जको जमिन कब्जा गरेको थियो । जुन गतवर्षमात्रै सरकारले खोसेको थियो । 
 

विशेष