खेल

आइपीएलः समूह चरणबाटै बाहिरियो विराटको टिम

आइपीएलः समूह चरणबाटै बाहिरियो विराटको टिम

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंग्लोर र राजस्थान रोयल्सबीचको खेल वर्षाकाकारण रद्द भएको छ । म‌गलबार राति भएको खेल रद्द भएपछि दुबै टिमले १–१ अंक बाँडेका छन् । १ अंक बाँडेपछि विराट कोहली नेतृत्वको बैंग्लोर समूह चरणबाटै बाहिएको छ ।

 

वर्षाको कारण निर्धारित समय भन्दा झण्डै ४ घण्टापछि शुरु भएको खेल ५–५ ओभरमा झारिएको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको बैंग्लारले पूरा ५ ओभरमा ७ विकेट गुमाउँदै ६३ रनको लक्ष्य दियो । उसका लागि विराट कोहलीले २५ र एबी डि विलियर्सले १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकसमेत बटुल्न सकेनन् ।

 

बलिङमा राजस्थानका श्रेयस गोपालले ह्याट्रिक विकेट लिए । उनले कोहली, डी भिलियर्स र र्माकस स्टोनिसलाई आउट गर्दै ह्याट्रिक विकेट लिएका हुन् । यस्तै, ओसेन थोमसले २, जयदेव उनदकट र रियान परागले एक-एक विकेट लिए । ६३ रनको लक्ष्यका साथ मैदान उत्रेको राजस्थानले ३.२ ओभरको खेल सकिदा फेरि पानी पर्यो । त्यसबेलासम्म राजस्थानले एक विकेटको क्षतिमा ४१ रन बनाएको थियो । उसका लागि सञ्जु स्यामसनले १३ बलमा २८ र लिभिङ्ग स्टोनले नटआउट ७ बलमा ११ रन बनाएका थिए ।  


बैंग्लोर १३ खेलमा ४ मा जीत र ८ मा हारका साथ ९ अंक जोड्दै पुछारमा छ । अब अन्तिम खेल जीतेपनि बैंग्लोर प्ले अफमा पुग्न सक्दैन । राजस्थान भने पाँचौ स्थानमा उक्लिएको छ । १३ खेलमा ७ मा हार र ५ मा जितका साथ ११ अंक जोड्दै राजस्थान पाँचौ स्थानमा उक्लिएको हो ।

इन्डियन प्रिमियर लिग आइपीएल बैंग्लोर भर्सेस राजस्थान

विशेष