कभर स्टोरी

‘लाइकको लोभले अभिभावक नै खिच्छन् बालबालिकाको भिडियो’ (भिडियोसहित)

‘लाइकको लोभले अभिभावक नै खिच्छन् बालबालिकाको भिडियो’ (भिडियोसहित)

काठमाडौं । गोपाल ढकाल बालमानोविद हुन् । प्रविधिको विकासले बालबालिकाको रुची र आनाबानी फेरिएको छ । ससाना बालबालिकासमेत मोबाइल, ल्यापटपमा अल्मलिन थालेका छन् । यस्तो प्रवृत्ति दीर्घकालमा समस्याका रुपमा बालबालिका रहन सक्ने ढकाल बताउँछन् । उनको मतमा कम उमेरदेखि नै भर्चुअल संसारमा बालबालिका रमाउन थाले भने उनीहरुमा सिर्जनात्मकता मर्दै जाने, समाजमा घुलमिल हुन नसक्ने, समस्याको समाधान गर्न नसक्ने, चाँडै आत्तिने जस्ता समस्या देखा पर्न सक्छन् । 

 

बालबालिकालाई प्राकृतिक रुपमा स्वभाविक रुपमा हुर्काउनु पर्नेमा ढकाल जोड दिन्छन् । काठमाडौंमा बालबालिकाले खेल्ने रमाउने ठाउँ पनि छैन । यस्तो अवस्थामा बालबालिका मोबाइल, ल्यापटपमा भुल्न थालेका छन् । यसको बिकल्प के हो त ? ढकाल भन्छन्, ‘बालबालिकाका लागि समय दिनु पर्छ । खुला ठाउँमा घुमफिर गराउन लैजाने गर्नु पर्छ ।’

 

बोली नफुट्दै डे बोडर्स गरिदिने, अलि ठूलो भएपछि स्कुलमा बोडर्स गरिदिने चलनले पनि बालबालिकाहरु परिवारबाट टाढिने उनी बताउँछन् । बालबालिकाका लागि समय दिनु, माया गर्नु महत्वपूर्ण हुने उनी बताउँछन् । 

 

">

 

एक बालिका टिकटकमा भाइरल छिन् । बालबालिकाको कम उमेरमै फेसबुक अकाउन्ट अभिभावकले नै खोलिदिन्छन् । यो कार्य ठीक नभएको ढकाल बताउँछन् । बालबालिकालाई अभिभावकले त्यो हिसाबले एक्स्पोज गर्नु हुँदैन । बालबालिकालाई प्रयोग गरेर मनोरञ्जन लिनु हुँदैन । बालिबालिकाको चाहना छ कि छैन थाहा हुँदैन । किनभने उसले निर्णय लिन सक्ने भइसकेको हुँदैन । तर हामी उनीहरुको टिकटक बनाइदिन्छौं, फेसबुक खोलिदिन्छौं । यस्तो गर्न बालअधिकारको दृष्टिले पनि उपयुक्त होइन । 
लाइक आयो भन्दैमा, चर्चा भयो भन्दैमा अभिभावकहरु हौसिरहेको ढकाल दावी गर्छन् । 

 

">

विशेष