स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति भण्डारी आजै स्वदेश फर्किने
काठमाडौं : हाइअल्टिच्युडको समस्या भएपछि राष्ट्रपति विद्यादेवी भण्डारी ल्हासाबाट आजै स्वदेश फर्किने भएकी छिन् । बिहीबार फर्कने तालिका भएपनि स्वाथ्यमा समस्या आएपछि उनी भ्रमण तालिका छोट्याएर एकदिन अघि नै स्वदेश फर्कन लागेकी हुन्।
उनी अहिले ल्हासामा छिन् । ९ दिने भ्रमणका लागि चीनमा रहेकी राष्ट्रपतिलाई हाइ अल्टिच्यूडले समस्या पारेको हो । अरु स्वास्थ्य समस्या भने नभएको उनका सल्लाहकार सुबोध प्याकुरेलले बताए ।
राष्ट्रपति भण्डारी सछ्वान एयरलाइन्सबाट चिनियाँ समय १०ः५५ बजे नेपाल उड्ने भ्रमण टोलीमा रहेका राष्ट्रपतिका सल्लाहकार प्याकुरेलले जानकारी दिए । उनी अहिले बिहान १०ः०५ मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रने तालिका छ ।