मुख्य समाचार

संस्कृतविद् जोशी १०० वर्षमा प्रवेश, २ स्थानीय तहमा सार्वजनिक विदा

संस्कृतविद् जोशी १०० वर्षमा प्रवेश, २ स्थानीय तहमा सार्वजनिक विदा

ललितपुर । शताब्दी पुरुष सत्यमोहन जोशी १०० औं वर्षमा प्रवेश गरेका छन् । संस्कृतविद् एवं साहित्यकार जोशीको एक सयौं जन्मोत्सवमा सोमबार ललितपुर महानगरपालिकाले विशेष कार्यक्रम आयोजना गर्दै छ । उनलाई बग्गीमा राखेर मंगलबजारदेखि ईटी, कुमारीपाटी, जाउलाखेल हुँदै पुल्चोक पुर्‍याउने कार्यक्रम रहेको महानगरपालिकाले जनाएको छ ।

 

जोशीको एक सयौं जन्मोत्सव भव्यताका साथ मनाउन ललितपुर महानगर र गोदावरी नगरपालिकाले सार्वजनिक बिदा घोषणासमे गरेका छन् । बिहान साढे ११ बजे र्‍याली सुरु हुनेछ । कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल उपस्थित हुनेछन् । सत्यमोहनको एक सयौं जन्म दिन मनाउन महानगरका मेयर चिरीबाबु महर्जनको अध्यक्षतामा एक सय ११ सदस्यीय जन्मोत्सह मूल आयोजक समिति गठन गरिएको थियो ।  

सत्यमोहन जोशी ललितपुर

विशेष