खेल

सन्दीपले पाएनन् ‘इमर्जिङ प्लेयर’ काे उपाधि, आन्द्रेले जिते २ अवार्ड

सन्दीपले पाएनन् ‘इमर्जिङ प्लेयर’ काे उपाधि, आन्द्रेले जिते २ अवार्ड

काठमाडौं । आइतबार राति सकिएको इन्डियन प्रिमियर लिग (आइपीएल) को १२ औं सिजनमा आन्द्रे रसेलले व्यक्तिगत २ उपाधि जित्न सफल भएका छन् । उनले ‘मोस्ट भ्यालुएवल प्लेयर’ र ‘सुपर स्ट्राइकर’ को उपाधि जित्न सफल भएका हुन् । आन्द्रेले कोलकाता नाइट राइडर्सबाट खेल्ने गर्दछन् । मोस्ट भ्यालुएवलको उपाधिका लागि उनले ट्रफी र १० लाख भारू जित्दा सुपर स्ट्राइकरका लागि ट्रफी र ह्यारिएर एसयुभि कार पाए ।

 

यस्तै, दिल्ली क्यापिटल्समाआवद्ध नेपाली स्पिनर सन्दीप लामिछाने ‘इमर्जिङ प्लेयर’ प्रमुख दाबेदार मानिएका थिए । यद्यपि उनलाई पछि पार्दै ‘इमर्जिङ प्लेयर’ काे उपाधि पनि कोलकाताकै शुभमन गिलले हात पारे । सनराइजर्स हैदराबादले फेयर प्लेको अवार्ड जित्यो भने मुम्बई ईण्डियन्सका हार्दिक पांड्या ‘फास्टेस्ट फिप्टी’ को उपाधि जिते। उनले १७ बलमा ५० रन बनाएर यो उपाधि हात पारेका हुन् । 

 

यस्तै परफेक्स क्याचअफ द सिजन मुम्बई इण्डियन्सका किरण पोलार्डले जिते । उनले अवार्डसँगै १० लाख भारू नगद र ट्रफीको साथमा भिभो मोबाइल जिते । लोकेश राहुल स्टाइलिस प्लेयर घोषित भए । किङ्स इलेभेनका यी खेलाडीले अवार्डसँगै १० लाख भारू र ट्रफी जिते।

 

आईपिएलमा सर्वाधिक रन बनाउने खेलाडीले पाउने अरेन्ज क्यापको उपाधि डेविड वार्नरले जिते। यस सिजनमा ६९२ रन जोडेर यस उपाधिमा कब्जा जमाएका उनले १० लाख भारू र ट्रफी पाए। यस्तै सर्वाधिक विकेट लिने खेलाडीलाई दिने ‘पर्पल क्याप’ इमरान ताहिरले पाए। चेन्नई सुपर किङ्सका यी बलरले यस सिजनमा २६ विकेट लिएका थिए। उनलाई पनि १० लाख भारू र ट्रपी प्रदान गरियो।

 

त्यसैगरी मुम्बई इण्डियन्सका राहुल चाहरले ड्रिम एलेभेन गेम चेन्जर अवार्ड पाए। उनले पनि ट्रपी र १० लाख भारू पाए। यस्तै, यो पटकको आइपीएल विजेता मुम्बईले उपाधिसँगै २० करोड भारू पायो । उपविजेता चेन्नईले भने १२ करोड भारूमा चित्त बुझाउन बाध्य भयो ।  

इन्डियन प्रिमियर लिग आन्द्रे रसेल सन्दीप लामिछाने

विशेष