मुख्य समाचार

मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना, सचेत रहन मौसमविद्को आग्रह 

मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना, सचेत रहन मौसमविद्को आग्रह 

काठमाडौं । आज काठमाडौंसहित देशका केहि भू–भागमा मौसम बदली भएर भई मेघ गर्जनसहित वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद् सुवास रिमालकाअनुसार यस क्षेत्रका केहि ठाउँमा छिटफुट वर्षाको सम्भावना पनि रहेको छ ।

 

दिउँसो मौसम खुल्ने र साँझपख पश्चिमका थोरै स्थानमा र मध्य तथा पूर्वका केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसमविद रिमालको भनाई छ।   मध्यक्षेत्रका केहि स्थानमा र पूर्वी तराईमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यसका लागि सतर्क रहन विभागले भनेको छ। सोमबार राति पनि देशभरि आंशिक देखि सामान्य बदलि रही पहाडी भूभागहरूमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना छ। 

वर्षा मौसमविद्

विशेष