कभर स्टोरी

लोकतन्त्रका नाममा लुटतन्त्र भयो (भिडियोसहित)

लोकतन्त्रका नाममा लुटतन्त्र भयो (भिडियोसहित)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य देवेन प्रधान तार्किक बहस गर्ने नेताका रुपमा चिनिन्छन् । नेपाल अहिले गणतन्त्रात्मक मुलुक हो । मुलुकले धर्मनिरपेक्षता पनि अंगीकार गरेको छ । तर प्रधानको पार्टीले राजसंस्था र हिन्दुराष्ट्र पक्षधर हो । 

 

फरक विचार र धारलाई समातार राजनीति गरिरहेका प्रधानहरुको पालो अब फेरि कहिले आउँछ त्यो थाहा छैन तर उनीहरु अनवरत लागि रहेका छन् । 

 

६३ सालतिर प्रधानहरुसँगै बसेर काम गर्दा अरु पार्टीका नेता कार्यकर्ताहरुले आफूलाई निकृष्ट व्यवहार गरेको बताउने उनी अहिले समय फेरिएको उल्लेख गर्छन् । प्रधानको मतमा अहिले मानिसहरु धेरै परिवर्तन भएका छन् । राजसंस्था चाहिन्छ भनेर जनता नै जागरुक भएको प्रधानले दावी गरे । 

 

राप्रपाले मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा पनि गरेको थियो । त्यो अभियानलाई जनताले साथ दिएको उनले बताए । अर्को चरणको कार्यक्रम पनि जेठ १५ बाट शुरु हुँदै गरेको उनले जानकारी दिए । 

 

">

 

हिन्दु राष्ट्र कायम गर्ने विषयमा सबै जनताको साथ रहेको उनी दावी गर्छन् ।  मुलुकमा राजसंस्था पुनस्र्थापित हुने कुरामा धेरैलेलाई शंका लाग्छ । तर प्रधानभने नेपालमा राजसंस्था स्थापित हुने बताउँछन् । उनले भने, ‘राजाले केही बोल्नै पर्दैन, जनताले नै अब राजसंस्था फर्काउँछन् ।’ 

 

नेपालमा साना ठूला गरेर सयौं राजा जन्मेको उनले बताए । संघीयताको नाममा खसी काटेर मासुको टुक्रा पारे झै मुलुकलाई टुक्रा पारिएको उनको दावी छ । जनता अहिले वाक्कदिक्क भइसकेको उनले बताए । 
 

राष्ट्रिय प्रजातन्त्र पार्टी संघीयता धर्मनिरपेक्षता देवेन प्रधान

विशेष