देश

डोटी कारागारमा पुस्तकालय स्थापना

डोटी कारागारमा पुस्तकालय स्थापना

डोटी। जिल्ला कारागार डोटीभित्र निर्माण गरिएको पुस्तकालको शुक्रबार उद्घाटन गरिएको छ ।

 

कारागारभित्र रहेका कैदीबन्दीहरुलाई बाह्य ज्ञान हासिल गर्न सहयोग भई सकारात्मक सोचाईको बिकास होस भन्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय डोटीको पहलमा पुस्तकालय स्थापना गरिएको प्रहरी उपरिक्षक बिद्यानन्द माझीले बताए ।

 

जिल्ला प्रहरी कार्यालयको पहलमा बनाइएको सो पुस्तकालय स्थापनाका लागि पूर्वीचौकी गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले र्याक र जिल्ला प्रशासन कार्यालयबाट दराज उपलव्ध गराइएको सामुदायिक प्रहरी सेवा केन्द्रका उपाध्यक्ष सिद्धराज जोशीले जानकारी दिए । उनले प्रहरी कार्यालय, जिनियस निरौला र सञ्चारकर्मीहरुबाट पुस्तकहरु प्राप्त भएको बताए । पुस्तकहरु सहयोग गर्न चाहानेहरुले सम्पर्क गर्न समेत सामुदायीक प्रहरी सेवा केन्द्रले आग्रह गरेको छ ।

 

जिल्ला कारागारका कैदीहरुलाई डोटीका स्थानीय तहका जनप्रतिनीधरुले चिसोको समयमा लगाउने लुगाकपडा, क्यारमबोर्ड, कुर्सि, पंखालगायतका सामाग्रीहरु सहयोग गर्दै आईरहेका छन् । आउँदो आर्थिक वर्ष बजेट विनियोजन गरी काम अगाडि बढाउन लागिएको बताइएको छ । विश्वका उत्कृष्ट युद्ध सङ्ग्राहलयसमेत अध्ययन गरेर डिपिआर तयार गरिने योजना छ ।

 

सशस्त्र द्वन्द्वका समयमा प्रयोग भएका हतियार, दस्तावेजलगायतलाई सङ्कलन गरेर उक्त सङ्ग्रहालयमा राखिनेछ । दश वर्षको जनयुद्धमा प्रयोग भएका हातहतियार, दस्तावेजसहित युद्ध कसरी भएका थिए भन्ने इतिहास झल्काउने खालका कला कुँदेर देखाउन सकिने नगरप्रमुख श्रेष्ठले बताए ।

 

उक्त सङ्ग्रहालय आम नेपालीका लागि इतिहास र महत्वपूर्ण पर्यटकीय गन्तव्य स्थल बन्नसक्ने उनको भनाइ थियो । सो क्षेत्र पर्यटकीय गन्तव्य सौराहा नजिक पर्छ । सङ्ग्रहालय बनेसँगै यहाँ आउने पर्यटकको बसाईं लम्बिने र पर्यटक बढ्ने अपेक्षा गरिएको छ । अध्यक्ष  प्रचण्ड, रामबहादुर थापा बादललगायतको गृहजिल्ला हुनाका साथै  देशको केन्द्रबिन्दुमा यो क्षेत्र परेकाले उक्त सङ्ग्रहालय छिटो बन्ने अपेक्षा गरिएको छ ।

विशेष