खेल

त्रिकोणत्मक सिरिजः वेस्ट इन्डिजलाई हराउँदै बंगलादेश फाइनल प्रवेश

त्रिकोणत्मक सिरिजः वेस्ट इन्डिजलाई हराउँदै बंगलादेश फाइनल प्रवेश

काठमाडौं । आयरल्यान्ड, वेस्ट इन्डिजविरुद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजमा बंगलादेश फाइनल प्रवेश गरेको छ । सोमबार राति वेस्ट इन्डिजलाई ५ विकेटले हराउँदै बंगलादेश फाइनल प्रवेश गरेको हो । उपाधिको लागि बंगलादेशले शुक्रबार वेस्ट इन्डिजको नै सामना गर्ने छ । आयरल्यान्ड भने एक खेल अगावै सिरिजबाट बाहिरिसकेको छ । डब्लिनमा सोमबार वेस्ट इन्डिजले दिएको २४८ रनको लक्ष्य बंगलादेशले १६ बल अगावै अर्थात् ४७.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो ।

 

उसका लागि मुस्फिकुर रहिमले ६३, सौम्य सरकारले ५४, मोहम्मद मिथुनले ४३, शाकिव अल हसनले २९, तमिम इग्बालले २१ र महमुदल्लाहले नट आउट ३३ रन बनाए । बलिङमा वेस्ट इन्डिजका एश्ले नर्सले ३, जस होल्डर र किमर रोजले एक–एक विकेट लिए । 


यसअघि टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २४७ रन बनायो । उसका लागि साई होपले सर्बाधिक ८७, कप्तान जस होल्डरले ६२, सुनील अम्ब्रिसले २३, रोस्टन जेसले १९ र एश्ले नर्सले १४ रन बनाउनु बाहेक अन्यले दोहोरो रन समेत जोड्न सकेनन् ।

 

बलिङमा बंगलादेशका मुस्तफिजुर रहमानले ४, कप्तान मुसरुफे मुर्तुजाले ३, मेहदी हसन मिराज र शाकिव अल हसनले १–१ विकेट लिए । सिरिजमा वेस्ट इन्डिजले बंगलादेशसँग दुवै खेल हार्दा आयरल्याण्डविरुद्ध भने विजयी भयो । यता बंगलादेशले भने सिरिजमा भएका ३ खेलमै जीत हासिल गरेकाे छ । आयरल्याण्डले भने घरेलु मैदानमा ३ खेलमा एक म्याचमा पनि जीत हासिल गर्न सकेन ।  

क्रिकोणत्मक सिरिज वेस्ट इन्डिज भर्सेस बंगलादेश

विशेष