Technology

व्हाट्सएप युजरका मोबाइलमा जासुसी सफ्टवेयर इन्स्टल, निशानामा मानवअधिकारकर्मी र अधिवक्ता

व्हाट्सएप युजरका मोबाइलमा जासुसी सफ्टवेयर इन्स्टल, निशानामा मानवअधिकारकर्मी र अधिवक्ता

फेसबुकको इन्स्ट्यान्ट मेसेजिङ एप व्हाट्सएपमा एउटा सुरक्षा गल्तीका कारण युजरका मोबाइलमा जासुसी सफ्टवेयर इन्स्टल भएको छ।

ब्रिटिस अखबार फाइनान्सियल टाइम्सका अनुसार उक्त सफ्टवेयर एक इजराइली कम्पनीले विकास गरेको हो। उक्त जासुसी सफ्टवेयरलाई व्हाट्सएप कलका माध्यमबाट फोनमा इन्स्टल गरिएको हो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरू जनाइएअनुसार कुनै व्यक्तिले कलको जवाफ नदिँदा पनि उक्त सफ्टवेयर फोनमा इन्स्टल हुन गर्दछ। कानाडाका अनुसधनाकर्ताहरूका अनुसार उक्त साजुसी सफ्टवेयरले मानवअधिकारवादी कार्यकर्ता र अधिवक्तालाई निशानामा राखेको छ।

फेसबुकका इन्जिनियर उक्त गल्तीलाई पत्ता लगाएर ठीक गर्ने प्रयास गरेको थियो। फेसबुकले आफ्ना युजरलाई व्हाट्सएपको नयाँ भर्जन अपडेट गर्ने बताएको छ।

अहिलेसम्म कति प्रयोगकताहरूलाई निशाना बनाइयो भन्ने एकिन हुन नसकेको बिबिसीले जनाएको छ। उक्त साइबर हमलामा केही खाज व्यक्तिहरूलाई निशाना बनाइएको आशंका गरिएको छ। अहिले संसार भरी डेढ सय करोडभन्दा बढीले व्हाट्सएप प्रयोग गर्ने गरेका छन्।

व्हाट्सएप

विशेष