देश

यस्तो भएपछि कसरी उँभो लाग्छ कर्णालीः किसानको पैसा विलासी गाडीमा खर्च 

यस्तो भएपछि कसरी उँभो लाग्छ कर्णालीः किसानको पैसा विलासी गाडीमा खर्च 

काठमाडौं । कर्णाली प्रदेशले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषकको अनुदान काटेर गाडी खरिद गर्न थालेको छ । 

 

चालु आर्थिक वर्षमै चारवटा गाडी खरिद गरिसकेको मन्त्रालयले थप सात गाडी खरिदको प्रक्रिया शुरु गरेको हो । यसका लागि विभिन्न ६ कार्यक्रमबाट ३ करोड ४० लाख रकमान्तर गरिएको छ । 

 

स्रोतका अनुसार गाडी खरिदका लाग मनत्रालयको भवन निर्माणका लागि छुट्टयाइएको बजेटबाट ७० लाख, चमेनागृह निर्माणका लागि छुट्टयाइएको बजेटबाट पाँच लाख, विभिन्न जिल्लामा सहकारीमार्फ उत्पादिन वस्तु संकलनका लागि छुट्टयाइएको बजेटबाट ६५ लाख, अर्गानाकि कृष तथा पशुपंक्षी अनुसन्धान केन्द्र स्थापनाका लागि छुट्टयाइएको बजेटबाट एक करोड रकमान्तर गरिएको छ । 

नागरिक दैनिकबाट । 

विशेष